यसै गरि अध्यक्ष पदकोलागि निकै अघि देखि आफुलाई चर्चामा राखेका हेम अर्यालले भने केहि दिन भित्र उमेद्वा री घोषणा गर्ने बताए।
निर्वाचनको लागि उमेद्वाकरहरुले प्रचारको लागि सामाजिक संजाल भरपुर प्रयोग गरिराखेका छन् , प्रभात किरण ले इभेन्ट पेजनै बनाएर 'म कहिले हार्दिन कि जित्छु कि सिक्छु' भन्दै "संस्कार युक्त नेपाली समाजको विकास , हावी भएका विकृती र विसंगतीहरुको निकास"भन्ने आफ्नो चुनावी नारा दिएका छन्। दिपेन्द्र चुडाल ले चाँही नेपाली समाजको एकता मेरो प्रतिबद्ता भन्ने नारा अघि सरेका छन् ।
अगस्त २४ सोमबारका दिन हुने चुनाबको लागि उद्वव सिग्देलको संयोजकत्वमा ५ सदस्य रहेको निर्वाचन समिति बनाइएको एनआरएन डेनमार्कका युवा संयोजक लोकराज शर्माले बताए।उनका अनुसार अगस्त १७ देखि निर्वाचन प्रक्रिया सुरु हुने छ ।
प्रकाशित: ३० श्रावण २०७२ ०६:४२ शनिबार





