१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

भारतमा ग्यास सिलिन्डर विस्फोट हुँदा नौ नेपालीको मृत्यु

भारतको हिमाचल प्रदेशस्थित सोलनको अर्की क्षेत्रमा सोमबार बिहान ग्यास सिलिन्डर विस्फोटबाट भएको भीषण आगलागीमा परेर नौ नेपाली कामदारको मृत्यु भएको छ।

अर्कीको पुरानो बस स्ट्यान्ड क्षेत्रमा आगलागी हुँदा धेरै पसल र आसपासका आवासीय संरचनामा क्षति पुगेको हो। स्थानीय अधिकारीहरूले प्रभावित भवनहरू धेरैजसो काठका भएकाले आगो छिटो फैलिएको बताएका छन्।

एएनआईका अनुसार घटनास्थलबाट कम्तिमा एक बालकलाई जीवितै उद्धार गरिएको थियो। तर पछि अस्पतालमा उनको मृत्यु भयो। जानकारी अनुसार अन्य नौ जना नेपाली कामदार भग्नावशेषमुनि फसेका थिए। अधिकारीहरूले पछि उनीहरूको मृत्यु भएको पुष्टि गरेका हुन्।

आगलागीमा १० देखि १५ पसल जलेर नष्ट भएको जनाइएको छ। ‘हामीले तुरुन्तै रातको समयमा अग्नि नियन्त्रक सेवा, एसडीआरएफ, होमगार्ड र स्थानीय प्रशासनलाई खटायौं। अर्कीमा पूर्ण रूपमा सुसज्जित अग्नि नियन्त्रक युनिट नभएकोले शिमला र अम्बुजा सिमेन्ट कारखानाबाट दमकलहरू पठाइयो,’ एक अधिकारीले भने।

मृतकहरू सबै (नौ जना) सल्यानको सिद्धकुमाख गाउँपालिका-२ को टाकुराका थिए। उनीहरू भारतमा दैनिक ज्यालादारी मजदुरीको रूपमा काम गर्थे। विस्फोट हुँदा ग्यास सिलिन्डर राखिएको कोठामा सुतिरहेका थिए। ‘फसेका नौ जनामध्ये पाँच बालबालिका र दुई जोडीसहित चार वयस्क थिए,’ भारतीय अग्निनियन्त्रकहरूले भनेका छन्।

प्रकाशित: २९ पुस २०८२ १३:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App