मन्ट्रेअल(क्यानाड)– मन्ट्रेअलस्थित नेपाली सगंठन क्यू (एएनक्यु)ले नेपालका भूकम्प पीडितका सहयोगका लागि खोलेको राहत कोषमा २५ हजार क्यानेडियन डलर सकंलन गरेको छ।

राहत सकंलनको क्रममा थोेरै सख्ंयामा रहेका मन्ट्रेअलासी नेपालीहरुले व्यक्तिगत तर्फबाट योगदान गनुृका साथै सहयोग जुटाउन पनि लागि परेका थिए। राहत संकलनका लागि गैरआवासीय नेपालीहरुले गैर नेपाली संस्थाहरु लेजा वान्तुर वोयाजर, ट्राभल एजेन्सी ला रुट द स्वा नामक फ्रेन्च फर्मले च्यारिटी शो समेत गरेको थियो। आर्ट अफ लिभिङ समूहले योग शिविर सञ्चालन गरेको थियो।
यसैबीच एएनक्यूले भूकम्पबाट दिवंगत भएका आत्माहरुको चीर शान्तिका लागि मैन बत्ती प्रज्वलन गरी मौनधारणसमेत गरेको छ।
सो अवसरमा क्यानाडाका लागि नेपाली राजदूत कालिप्रसाद पोखरेल र क्यानाडाका लागि मानार्थ नेपाली काउन्सुलर नाडफ वोयरको उपस्थिति थियो।
प्रकाशित: १८ असार २०७२ ०१:५० शुक्रबार





