२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

मनिषले भने- एकचोटि मौका दिनुस्, अर्को चुनावमा ‘रिपोर्ट कार्ड’ लिएर आउँछौं

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले आगामी निर्वाचनमा आफूहरूलाई एकपटक मौका दिन आग्रह गरेका छन्।

सोमबार जनकपुरमा आयोजित ‘परिवर्तन उद्घोष सभा’ लाई सम्बोधन गर्दै झाले ५ वर्षपछि पुनः भोट माग्न नभई ५ वर्षको कामको हिसाबकिताब अर्थात् रिपोर्ट कार्ड लिएर जनतामाझ आउने उद्घोष गरेका हुन्।

झाले भने, ‘एकचोटि मौका दिनुस्, अर्को पटक अर्थात् १८२५ दिनपछि हुने चुनावमा अरूहरूले जस्तो फेरि मौका देऊ भनेर याचना लिएर आउने छैनौँ। हामी हाम्रो रिपोर्ट कार्ड लिएर आउनेछौँ कि पाँच वर्षमा हामीले के-के गर्यौँ।’

आफ्नो बाल्यकाल र शिक्षादीक्षा जनकपुरमै भएको स्मरण गर्दै झाले चिया पसलदेखि लस्सी पसलसम्म र चोकदेखि घर-घरसम्म पुगेर जनताका समस्या सुन्ने र समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले बालेन शाह र रवि लामिछानेको नेतृत्वमा देश बन्ने विश्वास व्यक्त गर्दै त्यसका लागि मधेसको आशीर्वाद आवश्यक रहेको बताए।

प्रकाशित: ५ माघ २०८२ १६:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App