१० माघ २०८२ शनिबार
image/svg+xml
प्रवास

एनआरएन केन्यामा बस्याल

काठमाडौं—गैर आवासीन नेपाली संघ केन्याको अध्यक्षमा रामचन्द्र बस्याल सर्वसम्मत रुपमा निर्वाचित भएका छन्। नैरोबीमा भएको दोस्रो राष्ट्रिय सम्मेलनले महासचिवमा कृष्णदत्त भट्टलाई निर्वाचित गरेको छ।

 

त्यसैगरी उपाध्यक्षमा प्रकाशजंग रायमाझी, कोषध्यक्षमा जशिष गुप्ता, सचिवमा बिष्णु कार्की पनि निर्विरोध निर्वाचित भएको महासचि भट्टले बताएका छन्। त्यसैगरी युवा संयोजकमा सुरेश भट्टराई र महिला संयोजकमा सुप्रिती तिमिल्सिना आचार्य मनोनयन भएका छन् । अन्तर्राष्ट्रिय समन्वय समिति केन्याका तर्फबाट प्रतिनिधित्व दुई वर्षका लागि सुनिल कार्कीलाई पठाउने निर्णय गरेको छ। समन्वयन समितिको कार्यकाल २ वर्षको हुने छ।

त्यसैगरी सदस्यहरु शोभाकर आचार्य, दीपक अधिकारी, गोविन्द भुसाल(क्षेत्री), कृष्ण गैरे, पिताम्बर गैरे रहेका छन्। सल्लाहकारहरुमा कुलबहादुर कार्की, मनबहादुर राई, चिरन्जिवी तिवारी, सरोजलाल श्रेष्ठ र रविन्द्र पौडेल रहेका छन्।

प्रकाशित: १७ असार २०७२ २३:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App