१० माघ २०८२ शनिबार
image/svg+xml
प्रवास

एनआरएन तान्जानीयामा थापा

काठमाडौं : गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) तान्जानीयामाको दोश्रो अधिवेशनले नयाँ रोशन थापको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।


नेपालीहरुको कम गतिविधी हुने तान्जानीयामा नेपालीको संगठन मजबुद बनाउदै नेपालमा आइपर्ने अप्ठ्यारा तथा सृजनात्मक गतिविधीमा सहयोग गर्ने थापाले बताए। परिषद्को उपाध्यक्षमा प्रेम बहादुर गुरुङ, महासचिव पुष्पराज भट्टराई, सचिव सन्जीत थापा, कोषाध्यक्ष नवीन पण्डित छन्। कार्यसमिति सदस्यमा विष्णु लामिछाने, कृष्ण सुनार, राम चौधरी, विरु रायमाझी, गंगे दमाई, सल्लाहकारमा शिव अर्याल चयन भएको एनआरएनए एनसीसी तान्जानीयाले जनाएको छ। अधिवेशनले युवा संयोजकमा दीपक लामिछाने, महिला संयोजक तारा खनाललाई चयन गरेको छ। आइसीसी सदस्यमा भने सर्वेश जोसी चयन भएका छन्। आइसीसी प्रतिनिधीमा रमेश पौडेल, विकास अधिकारी र बसन्त उप्रेती चयन भएको जानकारी परिषद्का निर्वतमान महासचिव सर्वेश जोशीले दिए।

अधिवेशन लगत्तै बसेको नयाँ कार्यसमितिको बैठकले देशमा उत्पन्न अप्ठ्यारो अवस्थामा सक्दो सहयोग गर्ने र सृजनात्मक अभियानमा सहभागी हुने निर्णय गरेको छ। महाभूकम्पका कारण भएको ठूलो क्षतीमा सहयोग गर्न एनआरएन तान्जानीयाले भूकम्प गएको दुईदिनभित्रै १४ लाख रुपैयाँ सहयोग जुटाएको थियो

प्रकाशित: ७ असार २०७२ ०९:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App