काठमाडौं— टेक्ससमा नेपाली महिला समिरा शिवाकोटीलाई गोली हानी हत्या गर्ने व्यक्ति पक्राउ परेका छन्।
टेक्ससको कोलनी सहर स्थित प्रहरी टोलीले समिराका हत्यारा पक्राउ गरेको हो। हत्यारा डियोन किङ्ग्सटन जुनियर भएको प्रहरीले उल्लेख गरेको छ। १९ वर्षे अश्वेत वर्णका हत्याराको तस्वीर प्रहरीले सार्वजनिक गरेको छ।
समिरा
टेक्ससको टेन्टन स्थित घर नजिकैको आफ्नै स्टोरमा समिरालाई डियोनले जुन १० बुधबार ११ बजे गोली प्रहार गरेको थियो। टाउकोमा गोली लागेकी समिराको घटनास्थलमै मृत्यु भएको थियो।
प्रहरीले सार्वजनिक गरेको समिरा हत्याराको तस्विर
कोलनी क्षेत्रमा भएका श्रृङ्खलाबद्ध लुटपाटका घटनामा संलग्न डियोनलाई प्रहरीले समिरा हत्यामा संलग्न भएको शंका गर्दै खोजि गरिरहेको थियो। सो स्थानको अर्को पसल लुटेपछि उनी पक्राउ परेका हुन्। गत बिहीबार सोही व्यक्तिले कोलनीकै टेक्सा ग्यास स्टेशनमा पेस्तोल देखाइ स्टोर लुटेर भाग्दै गर्दा प्रहरीले उसलाई पक्राउ गरेको हो। श्रृङखलाबद्ध लुटपाटमा संलग्न किङ्ग्स्टन समिराको हत्यारा भएको पुष्टि भएको प्रहरीले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।
समिरा श्रीमान् नवराज र दुई छोरीका साथ टेक्सस बस्दै आएकी थिइन्। छोरीहरु ३ वर्ष र ९ महिनाका छन्।
प्रकाशित: ५ असार २०७२ २०:४४ शनिबार





