बेलायतमा रेस्टुराँको व्यापार वृद्धिका लागि गरेको योगदानका आधारमा म्याकडोनाल्ड्सले हरेक वर्ष प्रदान गर्ने उक्त अवार्ड यस वर्ष नेपाली युवाले जितेका हुन् ।
यसै साता चेक गणतन्त्रको राजधानी प्रागस्थित कोरिनथिया होटलमा आयोजित सम्मान कार्यक्रममा गिरीलाई सो अवार्ड प्रदान गरिएको बेलायतबाट गिरीले बताए।
अमेरिकी फ्रेन्चाइज कम्पनी म्याकडोनाल्ड्सका संस्थापक रे क्रकको नाममा स्थापना गरिएको सो अवार्ड पाएपछि गिरीले भने, ‘बेलायतमा अध्ययनसँगै रोजगारीका लागि सङ्घर्ष पनि धेरै हुन्छ, मेरो सङ्घर्ष र इमान्दारिताको कदर बेलायतमा भएको छ, यसले नेपालको नाम अझ उच्च भएको छ।’ रासस
प्रकाशित: २६ जेष्ठ २०७२ २२:३२ मंगलबार





