भारतको पूर्वोत्तर क्षेत्रबाट करिब भारु १२ लाख बराबरको राहत सामग्री वाणिज्य दूतावास कोलकाताबाट, मध्यभारत क्षेत्र भोपालबाट करिब रु ६ लाख बराबरको राहत सामग्री, पश्चिम उत्तर भारत क्षेत्रबाट भारु दुई लाख ३० हजार बराबरको राहत सामग्री पठाइसकेको पाण्डेले बताए।
त्यसैगरी, उत्तर भारत क्षेत्रबाट करिब भारु १७ लाख बराबरको राहत सामग्री दूतावासमार्फत् पठाएको र अन्य राहत सामग्री जिल्ला दैवी प्रकोप समितिसँगको समन्वयमा भूकम्प प्रभावित क्षेत्रमा पठाइएको छ।
राहत सामग्री जिल्ला दैवी प्रकोप समितिसँगको समन्वयमा सिन्धुपाल्चोक, दोलखा, धादिङ, नुवाकोट, काठमाडौं, ललितपुरलगायत जिल्लामा वितरण गरिएको समितिले जनाएको छ।
समितिले दोस्रो चरणमा पुनर्वासका लागि योजना बनाउँदै भारतभरिबाट आर्थिक सङ्कलन अभियान सञ्चालन गर्न लागेको छ। नेपाली कांग्रेस र नेपाल सरकारको सुझावका आधारमा अस्थायी पुनर्वास र दीर्घकालीन बसोबासका लागि पनि भारतीयदातासँग पहल थालेको समितिका सहमहामन्त्री विष्णुप्रसाद पाण्डेले जानकारी दिए। रासस
प्रकाशित: २४ जेष्ठ २०७२ २३:२६ आइतबार





