दुतावासमा बिमलीले दर्ता गराएको उजुरी दुतावास स्रोतबाट नागरिकन्युजलाई प्राप्त भएको छ । उजुरीमा तिवारीले प्रहरीमा झुठो विवरण पेश गरी आफूलाई पक्राउ गर्न लगाएको र छानविनका क्रममा तिवारीले लगाएको आरोप पुष्टि नभएपछि प्रहरीले हिरासत मुक्त गरेको उल्लेख छ । मे ५ तारिखमा बिमलीलाई राजधानी क्वालालम्पुरबाट सादा पोशाकमा रहेका मलेसियाली प्रहरीले पक्राउ गरेको थियो । बिमलीका अनुसार उनिमाथि तिवारीले आफूसँग झैझगडा गरी कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी गरेका थिए ।
प्रहरीले उनलाई ८ दिनसम्म हिरासतमा राखेर छानबिन गरेको थियो । छानबिनका क्रममा उनिमाथि लगाइएको आरोप पुष्टि नगरेपछि मे १२ तारिखमा प्रहरीले रिहा गरेको थियो । बिमलीले दुतावासमा दर्ता गराएको उजुरीमा तिवारीले आफूलाई झुठो आरोप लगाई प्रहरी हिरासतमा पुर्याथएकाले उनी माथि कार्वाही गरि क्षतिपूर्ति दिलाउन माग गरिएको छ । उजुरीमा भनिएको छ,´म माथि झुठो आरोप लगाई प्रहरी हिरासतमा पुर्यािउने रमेश तिवारीलाई कानुन अनुसार कार्वाही गरि क्षतिपूर्ति दिलाउन आग्रह गर्दछु ।'
बिमलीले आफू तिवारी बिरूद्द मलेसियाको अदालत समेत जाने बताएका छन् । तिवारी जनप्रगतिशील मन्च मलेसियाका ईन्चार्ज हुन् । मन्च एमाओवादीको जिल्ला कमिटी सरहको प्रवास संगठन हो । तिवार गैर आवासीय नेपाली संघ(एनआरएन) मलेसियाका उपाध्यक्ष समेत हुन् । दुतावासमा परेको उजुरीका बारेमा तिवारीसँग प्रतिक्रिया लिन गरिएको प्रयास सफल हुन सकेन ।
प्रकाशित: ३ जेष्ठ २०७२ २३:४१ आइतबार





