समाजले क्वालालाम्पुरमा पत्रकार सम्मलेलन गरी नेपाली दुतावासले आफूले संकलन गरेको राहत सामग्रीलाई राहत सामग्री भएको प्रमाण्ीित नगरिदिए पछि नेपाल पठाउन समस्या भएको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै समाजका सचिव रुसाहाङ लिम्बुले सिन्धुपाल्चोकको पाङताङ गाविसका ४ सय ८७ घरधुरीका लागि खरिद गरेको राहत सामग्रीलाई दुतावासले प्रमाणित नगरिदिए पछि नेपाल एयरलाइन्सले नेपाल लैजान अस्वीकार गरेको बताए ।
उनका अनुसार समाजले दुतावासलाई राहत सामग्री हो भनेर प्रमाण्ीित गर्न आग्रह गरेको र दुतावासले भोली भन्दै टारेर समस्या पारेको बताए । 'हामीले दुतावासलाई राहत सामग्री पमाणित गरिदिन आग्रह गरेका छौं,' उनले भने,' दुतावासबाट भोली भोली भन्दै टार्ने काम भइरहेको छ । जसका कारण हामीले खरिद गरेको राहत यही थन्किएको छ ।' लिम्बुले ३५ हजार रिङ्गेट करिब १० लाखरुपैया बराबरको राहत सामग्री नेपाल पठाउन नसकिएको जानकारी दिए ।
समाजका सह सचिव विपीन राईले दुतावासले प्रमाणित नगरेपछि धादिङमा बितरण गरिएको राहात समाग्री नेपालजाने नेपालीलाई व्यक्तिगत समान हो भनेर लैजानलगाई नेपाल पठाइएको जानकारी दिए । उनले नेपाल एयरलाइन्सबाट पठाउनलाई दुतावासले प्रमाणित नगरेपछि अन्य निजी एयरलाइन्ससँग कुरा भैरहेको बताए ।
दुतावासले प्रमाणीत नगरेपछी सिरक,बलाङ्केट सहितबिभिन्नखाद्यय सामग्री नेपाल पठाउन नसकिएको समाजले जनाएको छ । समाजकाअध्यक्षइन्द्रनारायण लुम्फङ्वा नेतृत्वको टोली राहत बिरतणका लागी नेपाल गैसकेको छ । टोलीधादिङको सालङगाविस वडा नम्बर ९ का १ सय ८० परिवारलाई राहतबितरण गरिसकेको छ । मलेसियाबाट राहत सामग्री पठाउन ढिला भएपछी नेपालगएको टोलीसिन्धुपाल्चोक जान सकेको छैन् ।
तर,नेपालीदुतावासकाउपपनियोग प्रमुखहेमलाल भट्टराइले भने राहत सामग्री पठाउनलाई दुतावासले प्रमणीत गर्न नपर्ने बताए । उनले नागरिन्युजसगभने,'राहत सामग्री पठाउन दुतावासको कुनै सिफारिस चाहीदैन । एयरलाइन्सले लैजाने हो । यसमादुतावासको कुनै भुमीकाहुदैन् ।'
प्रकाशित: ३ जेष्ठ २०७२ ०३:१७ आइतबार





