समाजले मलेसियामा रहेका नेपाली व्यापारीसग सहयोग उठाएर सिन्धुपाल्चोक र धादिङका भुकम्प पीडितका लागि राहत सामग्री खरिद गरी पठाएको हो।
नेपाली व्यवसायी समाज मलेसियाका अध्यक्ष इन्द्रनारायण लुम्फङ्वाका अनुसार ४ सय थान ब्लयाङकेट,२ सय थान सिरक,२ सय थान त्रिपाल, १ सय थान लुङ्गी,७ सय थान म्याट्रेस,७ हजार किलो चामल, ५ सय किलो नुन ७ सय किलो स्वायविन,२ सय किलो मसेउरा लगायतका राहत सामग्री नेपाल पठाएको छ ।
राहत सामग्री लिएर नेपाल पुगेका समाजका सदस्य इश्वरी ढाकालका अनुसार जिल्ला प्रशसन कार्यालय सिन्धुपाल्चोकले पाङताङ गाविसका ४ सय ८७ घरधुरीलाई राहत बितरण गर्ने अनुमति दिएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले साङकोस गाविसको वडा नम्बर ९ का १ सय ८० घरधुरीलाई राहत बिरतण गर्न अनुमती दिइसकेको छ।
'स्थानिय प्रशासनले भनेको ठाउँमा पुगेरै हामी शनिवार र आइतबार राहत बाड्छौं', समाजका सदस्य ढकालले नागरिकन्युज सगँ भने। उनले भुकम्प पीडित अन्य बस्तीको स्थलगत अनुगमन गरी फेरी राहत संकलन गरी बितरण गर्ने बताए ।
मलेसियाका नेपाली व्यवसायी बिरु पाठकले थप राहत पठाउनका लागि सहयोग रकम संकलन भैरहेको जानकारी दिए । राहत सामग्री भुकम्प पीडीत परिवारकै घरमा पु¥याउनका लागी आफूहरु नेपाल गएको ढकालको भनाई छ ।
परिवार सदस्य गुमाएको परिवारलाई २० हजार सहयोग
यसैबिच,भुकम्पमा परी काठमाडौमा श्रीमती र छोरी गुमाएका नागी ३ पाचथरका रत्न मेयाङ्बोको परिवारलाई राहत बितरण गर्न नेपाल पुगेको नेपाली व्यवसायी समाज मलेसियाको टोलीले २० हजार रुपैया सहयोग गरेको छ । काठमाडैंमा खाजाघर संचालन गरेका मेयाङ्बोकी श्रीमती कमला र ८ बर्षिया छोरी रक्षाको बैशाख १२ को भुकम्पमा परी ज्यान गएको थियो । मृतकका परिवारलाई भेटेर आज २० हजार रुपैंया हस्तान्तरण गरेको समाजका सदस्य देवेन्द्र खापुङले बताए ।
प्रकाशित: १ जेष्ठ २०७२ ०८:०५ शुक्रबार





