मलेसियाको प्रहरीले पासपोर्ट चेक गर्ने बहानामा पर्स हेर्ने र पैसा देखेमा जबरजस्ती लगिदिने गरेको उनको भनाइ छ। 'मसंग भिसाा छ। वैधानिक कामदार हु,' उनले भने,'तर मलाई प्रहरीले पासपोर्ट चेक गर्ने बहानामा पटकपटक गरी १ हजार रिङ्गेट भन्दा बढी लुटेको छ।' प्रहरीले सक्कली पासपोर्ट नभएको भन्दै आफूलाई लुटेको र लुटिने क्रम अझै जारी रहेको बेल्वासेले बताए। प्रहरीले सुरक्षा दिनुभन्दा बिदेशी नागरिकलाई लुट्ने गर्ने भएकाले प्रहरी कहिल्यै नभेटिए हुन्थ्यो भन्ने कामना गर्छन उनी।
प्रहरी बाटो कुरेरै बस्ने र गाडी या मोटरसाइलमा बसाएर सुनसान ठाऊँमा लगेर पैसा खोस्ने गरेको उनको भनाइ छ । 'पुलिसले सक्कली पासपोर्ट देखा भन्यो,' उनले भने,' मैले पासपोर्ट र वर्क प्रमिटको फोटोकपी देखाए। यसले हुदैन भनेर गाडीमा राख्यो अनि सुनसान ठाउमा लगेर पर्स तान्यो र पैसा निकालेर लग्यो।'प्रहरीबाट लुटिने बेल्बासे एकजना मात्र होइनन। मकावनपुरगढी ७ हेटौडाका प्रह्लाद गिरी पनि प्रहरीबाटै लुटिने नेपाली मध्यका एक हुन्।

उनी पनि बैधानिक कामदार हुन्। केही हप्ता पहिले उनी ड्युटी सकेर साथीसँगै कोठा जादै गर्दा प्रहरीबाट लुटिए। गिरीसँग ३ दिन पहिले किनेको ल्याप्टप र सामसुङनोट थ्रीमोबाइल थियो। त्यही दिन कम्पनीले तलब दिएको थियो। बाटोमा प्रहरीले रोकेर पासपोर्ट माग्यो। उनीहरुले फोटोकपी देखाए। प्रहरीले मलेसियाको कानुनअनुसार पाुसपोर्ट कामदारसँग हुनुपर्ने भन्दै बखेडा झिक्यो।
उनीहरुले सक्कलीपासपोर्ट कम्पनीमा भएको बताए। तर, प्रहरीले उनीहरुको कुरा सुनेन। प्रहरीले कानुनअनुसार तिमीहरु अबैधानिक भएको जिकिर गर्यो। उनीले अवैधानिक भए कारवाही गर्न चुनौती दिए। तर,प्रहरी पक्राऊ गरेर राख्ने ठाउ नभएको भन्दै प्रह्लादसँग भएको ल्याप्टप,सामसुङनोट थ्रीमोबाइल र ९ सय रिङ्गेट पैसा खोसेर लगेको पीडित गिरीले गुनासो गरे। उनका अन्य साथी सँग पनि भए जति सबै पैसा खोसेर लगेको उनको भनाइ छ।
मलेसियामा प्रहरीबाट लुटिए पछी प्रहरी सुरक्षा कायम गर्ने नभई बिदेशीकामदारलाई लुट्ने काममा लागेको उनी बताउछन्। प्रहरीले लुटेको बारे कार्यरत कम्पनीलाई जानकारी गराएको तर, कम्पनीले कुनै वास्ता नगरेको उनको गुनासो छ।बाग्लुङको बुर्तिवाङका हेम सापकोटा पनि मलेसियाको प्रहरीबाट लुटिएका छन्। प्रहरीले सक्कली पासपोर्ट नभएको बहानामा आफूसँग जबरजस्ती२० रिङ्गेट खोसेर लगेको सापकोटाले बताए। उनले मलेसियामा लुटेरा भन्दा प्रहरीबाटै लुटिने खतरा बढी भएको बताए। उनले भने, 'यहा लुटेर भन्दा प्रहरीको डर छ। लुटेराबाट भागेर बचिएला, प्रहरी देख्दा भाग्न पनि नमिल्ने। हाकाहाकी लुट्छ।' प्रहरीले मागेपति पैसा नदिए कुटपिट समेत गर्ने गरेको पीडित नेपाली कामदार बताउँछन्।
अर्जुन,प्रह्लाद र हेम त मलेसियामा प्रहरीबाटै लुटिएका प्रतिनिधि पात्र मात्रै हुन्।उनीहरु जस्ता धेरै नेपाली दिनहुजसो प्रहरीबाट लुटिन गर्छन्। यस विषयमा नेपालीदुतावासलाई पनि जानकारी छ। तर, आफ्ना कामदार प्रहरीबाट लटिने गरेको औपचारिक जानकारी सरकारलाई गराउन सकेको छैन। मलेसियाको नियमअनुसार कामदार आफैंसग सक्कली पासपोर्ट हुनुपर्छ। तर, यहाँका कुनै पनि कम्पनीले कामदारलाई पासपोर्ट नदिई प्रतिलिपि मात्रै दिने गरेका छन्। जसका कारण मलेसियामा नेपाली कामदार प्रहरीबाटै लुटिने गरेका छन्। सक्कली पासपोर्ट नभएकै कारण प्रहरीले आफ्ना नागरिकलाई लुट्ने क्रम बढ्दै गएपछि कामदार पासपोर्ट दिलाउने बिषयमा मलेसियाली सरकारसँग मौखिक आग्रह गरिएको नेपाली दुुतावासका एक अधिकारीले नागरिक न्युजलाई बताए।मलेसियाको प्रहरीले विशेष गरी हरेक महिनाको १ देखि १५ तारिखसम्म चेकजाच कडा पारेर नेपालीसगै अन्य देशका कामदारसँग अवैध रुपमा जबरजस्ती पैसा अुसल्ने गर्छ। यो अवधीमा सबै कामदारको तलब आइसक्छ।
अवैधानिक बढ्नुमा प्रहरी जिम्मेवार
मलेसियामा भिसा नभएका बिदेशी कामदार पनि प्रसस्तै छन्। यहाको सरकारले अबैधानिक कामदारलाई घर जान मौका दिइरहन्छ। कतिलाई पक्राऊ गर्छ।तर, पनि मलेसियामा अबैधानिक कामदारको संख्या घट्दैन। अवैधानिक कामदारको संख्या नघट्नुमा पनिे प्रहरी नै जिम्मेवार मानिन्छ।
प्रहरीले चेकजाचका क्रममा अवैधानिक कामदार भेटे पक्राऊ गरी अध्यागमन विभागमा बुझाउनु पर्छ। तर, प्रहरीले पक्राऊ गर्नुको सट्टा पैसा असुलेर त्यसै छोडिदिन्छ। जसकार कारण देशलाई अवैध कामदार मुक्त बनाउने मलेसियन सरकारको योजना हालसम्म पुरा हुन सकेको छैन्। प्रहरीले अबैध कामदारसँग कम्तीमा २ सय रिङ्गेट सम्म असुलेर छोडिदिने गरेको छ।
प्रकाशित: २८ वैशाख २०७२ ०२:४९ सोमबार





