त्यस्तै, भोजपुरी र मैथिली नृत्यकार डोली सरकार र गायिका सुनिता शाह, भोजपुरी मैथिली र हिन्दी गायक आभाष लाभ, लोकदोहोरी गायक मिलन लामा र गायिका चन्दा अर्याल, नृत्य निर्देशक मोडल तथा नृत्यकार शंकर बिसी, नृत्यकार रश्मी तामाङ साथै कार्यक्रम संयोजक नवीन लामा कतार पनि कलाकार टोलीमा समावेस हुने भएका छन्।
बक्स अफ इभेन्ट कम्पनीले प्रस्तुत गर्न लागेको उक्त कार्यक्रमलाई अल जमान एक्सचेन्ज र भिजन गुप्रले अयोजना गरेको हो। कार्यक्रमबारे बिहीबार साँझ पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको हो। आयोजकका अनुसार नायक हमाल अप्रिल १४ मा कतार आइपुग्ने र अन्य कलाकार अप्रिल १५ मा कतार आउनेछन्।
अप्रिल १७ तारिक शुक्रबारका दिन सनैयाको ग्राण्ड मल नजिक रहेको इस्टवेष्ट पार्कमा दिउँसो साढे ४ बजेबाट कार्यक्रम शुरु हुनेछ। कार्यक्रममा उपस्थित दर्शकहरुका लागी दिउँसो २ बजेबाट नै कार्यक्रम स्थल खुल्ला गरिने बताइएको छ।
६ घण्टासम्म चल्ने कार्यक्रमको टिकट दर क्रमशः कतारी रियाल २ सय ५ , १ सय ५५ , १ सय ५, पचहत्तर, पच्पन्न, पैंतालिस रहेको छ।
प्रकाशित: २७ चैत्र २०७१ ०१:२७ शुक्रबार





