५ माघ २०८२ सोमबार
image/svg+xml
प्रवास

भट्टराई पक्षद्वारा मलेसियाको सम्मेलन बहिष्कार

क्वालालाम्पुर(मलेसिया)— एकिकृत नेकपा माओवादीभित्र मौलाएको गुटको राजनीतिको प्रभाव मलेसियमा पनि परेको छ। मलेसिया स्थित एमाओवादीको प्रवासी संगठन नेपाली जनप्रगतिशील मन्चको छैठौं सम्मेलन वरिष्ठ नेता बावुराम भट्टराई पक्षधर समुहले बहिष्कार गरेको छ।

 

सम्मेलनको एमाओदी उपाध्यक्ष नारायणजी श्रेष्ठले उद्घाटन गरेका छन्। अध्यक्ष पुष्पकमल दाहाल समूहले एकलौटी रुपमा सम्मेलन गर्न खोजेकाले आफ्नो समुहले बहिष्कार गरेको बावुराम समुहका नेता राजेश श्रेष्ठले बताए।

'सस्थापन पक्षले एकलौटी रुपमा सम्मेलन गरेकाले हामीले बहिष्कार गरेका हौं', उनले नागरिकन्युजसँग भने । संस्थापन पक्षले सम्मेलनका नाउँम मजदुरसग पैसा उठाएको आरोप लगाउदै आफूहरु मजदूरसँग पैसा उठाउने पक्षमा नरहेको उनले खुलस्त पारे। आयोजक कमिटी संयोजक प्रेम पाण्डेले आफू खुसी सम्मेलन गरेर सम्मेलन उद्‌घाटन गर्न पार्टी उपाध्यक्ष नारायनकाजी श्रेष्ठलाई बोलाएको श्रेष्ठको आरोप थियो।

सम्मेलन उद्‌घाटन गर्न उपाध्यक्ष श्रेष्ठलाई ल्याउन खोजेपछि बावुराम पक्ष सुरुदेखि नै असुन्ट थियो। संस्थापन समूहले माओवादी पार्टीलाई मागिखाने भाँडो बनाएको उनले आरोप लगाए। मजदुरका पक्षमा काम आफूहरुले चाँडै अर्को सम्मेलन आयोजना गरी नयाँ कमीटी बनाउने समेत श्रेष्ठले जानकारी दिए। बावुराम पक्षधरको भट्टराईलाई ल्याउने योजनामा थियो। संस्थापन पक्षले श्रेष्ठलाई ल्याउने निर्णय गरेपछि सम्मलेन तयारीका लगि गरिका बैठक समेत बावुराम पक्षले बहिष्कार गर्दै आएको थियो ।

संस्थापन पक्षका नेता एवं सम्मेलन आयोजक कमिटीका संयोजक प्रेम पाण्डेले भने कसैले बहिष्कार गर्दैमा केही फरक नपर्ने प्रतिक्रिया दिए। सम्मेलनका तयारीका बारेमा सबैलाई खबर गरेको उनको दाबी थियो। 'हामीले सबैलाई खबर गरेका हौं आउने नआउने उहाहरुको कुरा हो', उनले भने।

सम्मलेनले आजै नयँ कमीटी गठन गर्नेछ। एमाओवादीले प्रवासमा गठन भएक कमिटीलाई जिल्ला कमीटी सरहको मान्यता र अधिकार प्रत्यायोजन गरेका छ।

प्रकाशित: २२ चैत्र २०७१ ०५:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App