४ माघ २०८२ आइतबार
image/svg+xml
प्रवास

स्पेनमा दूतावास खोल्न माग

काठमाडौं– गैरआवासीय नेपाली संघ स्पेनले तत्काल दूतावास खोल्नुपर्ने माग गर्दै परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई सोमबार ज्ञापनपत्र बुझाएको छ।ज्ञापनपत्रमा नेपालीले पासपोर्ट र अन्य आवश्यक कागजात बनाउनका लागि निकै झन्झट र खर्च गर्नुपरेको भन्दै तत्काल दूतावास खोल्न माग गरिएको छ। स्पेनमा बासोबास गर्ने नेपालीको संख्या १० हजार हाराहारी छ। फ्रान्सको पेरिसस्थित नेपाली दूतावासले नै स्पेनसहित ५ देश हेर्दै आएको छ। 
ज्ञापनपत्रमा बर्सेनि नेपाल भ्रमण गर्ने स्पेनी नागरिकको संख्या बढ्दै गएको र स्पेनबाट लगानी भित्र्याउने सम्भावना पनि धेरै रहेको उल्लेख छ। हालसम्म ९२ जना स्पेनीले सगरमाथा आरोहण गरिसकेका छन्। सरकारले दुई वर्षअघि तयार पारेको प्रतिवेदनमा स्पेन दूतावास खोल्नुपर्ने प्राथमिकताको तेस्रो नम्बरमा थियो। पहिलो र दोस्रोमा ओमान र बहराइन थिए। ‘पहिलो र दोस्रो नम्बरमा परेका देशमा दूतावास खुलिसक्यो। तेस्रो नम्बरमा परेको स्पेनमा पनि खोल्नुपर्योल भन्ने माग हो,' गैरआवासीय नेपाल संघका केन्द्रीय सदस्य दीपक खरेलले नागरिकसँग भने। 
ज्ञापनपत्र बुझ्दै मन्त्री पाण्डेले स्पेनमा दूतावास खोल्ने विषयमा सरकार सकारात्मक भएको बताएका छन्।

प्रकाशित: ५ माघ २०७१ २२:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App