वासिङ्टन डिसी (अमेरिका)– अमेरिकाको भर्जिनियाको वुडब्रिजमा बसोबास गर्ने ३४ बर्षिय विष्णुहरि भण्डारीको वुडब्रिज स्थित आफ्नै डेरामा रहस्यमय मृत्यु भएको छ। नेपालमा नुवाकोट जिल्ला घर भएका उनको जनवरी १५ तारिख बिहान ४ बजे मृत्यु भएको हो।
मृत शरीरलाई प्रिन्स अस्पतालमा परिक्षणको लागि राखिएको छ। मृत्युको कारण खुल्न सकेको छैन।मृतक भण्डारी नेपालबाट २ वर्ष अघि मात्र आएका हुन्। उनी नेपाल विद्यार्थी संघ तथा जन सम्पर्क समिति भर्जिनिया शाखासँग आवद्ध थिए। श्रीमती नारायणी तथा ६ वर्षे र ५ महिने छोरी अमेरिकामै छन्।
प्रकाशित: २ माघ २०७१ २२:०७ शुक्रबार





