कोपनहेगन- प्रवासी नेपाली मञ्च डेनमार्कको तेस्रो अधिवेशनले निवर्तमान अध्यक्ष कृष्ण पौडेलकै नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ। कार्यसमितिका अन्य पदाधिकारीमा उपाध्यक्षहरु विष्णु पौडेल, मधु कोइराला, सुशील घिमिरे, महासचिवमा दिपक पाण्डेय, सचिवमा प्रल्हाद मिश्र एवं सदस्यमा गोपाल नेपाल, शान्ता पाण्डे, चुडामणि सापकोटा, भुवनध्वज थापा, विक्रम ओली छन्।
साथै प्रवासी नेपाली मञ्चको युरोप प्रतिनिधिका रुपमा पूर्व अध्यक्ष घनश्याम गौतम छानिएका छन्।समितिको सल्लहकारमा शिव कार्की,नरेन्द्र बस्नेत, राजन खरेल, जयलाल न्यौपाने, शिव चापागाइँ, कञ्चन देवकोटा, प्रदिप पाण्डे, सिद्धार्थभक्त भण्डारी, कुशल घिमिरे, रमेश भण्डारी, कमल सिवाकोटी, रमाकान्त सापकोटा र जाङ्रिला केसीलाई चयन गरिएको छ।
अधिवेशनको घोषणा सभामा सम्बोधन गर्दै एमालेका उपाध्यक्ष तथा पूर्व गृहमन्त्री भीम रावलले नेपालका नयाँ संविधान निर्माणको प्रक्रियामा आइलागेको चुनौतीको दह्रो खुट्टा बनाएर सामना गर्ने, लचिलो हुने नाममा राष्ट्र हितमा कुनै सम्झौता नगर्ने बताए। नेता रावलले नै उद्घाटन गरेको समारोहमा डेनमार्कका लागि नेपाली राजदूत मुक्तिनाथ भट्ट, प्रवासी नेपाली मञ्च स्पेनका संस्थापक अध्यक्ष तथा संरक्षक पुष्पराज तिमिल्सिना, प्रवासी नेपाली मञ्च बेल्जियमका अध्यक्ष अर्जुन गुरुङ, युरोपिएन प्रतिनिधि बेल्जियमका नारायण अधिकारी, प्रवासी नेपाली मञ्च बेलायतका उपाध्यक्ष रमेश बाँस्तोला, प्रवासी नेपाली मञ्च बेल्जियमका पूर्व अध्यक्ष शिवकुमार बरुवाल, एनआरएन डेनमार्कका अध्यक्ष दिपक सापकोटा, एनआरएन स्विडेनका अध्यक्ष प्रेम गौतम, जनसम्पर्क समिति डेनमार्कका अध्यक्ष रामचन्द्र पाठक, जनप्रगतिशिल मञ्च डेनमार्कका अध्यक्ष गणेश ढकाल, एनआरएन युरोपिएन उपसंयोजन सोम सापकोटा, क्रेटिभ वेमेनकी अध्यक्ष अञ्जु पराजुली, इनास डेनमार्कका प्रवक्ता हरि न्यौपानेले नवनिर्वाचित कार्य समितिलाई बधाइ तथा शुभकामना मन्तव्य दिएका थिए।
प्रकाशित: २४ पुस २०७१ ०८:५१ बिहीबार





