१ माघ २०८२ बिहीबार
image/svg+xml
प्रवास

डेनमार्क पुगेर देउवाले भने:माघ ८ मै संविधान ल्याउन प्रयासरत छौं

कोपनहेगन- नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले माघ ८ मै संविधान जारी गर्न सहमतिको प्रयास भइरहेको बताएका छन्। नेपाली जनसम्पर्क समिति डेनमार्कले आयोजना गरेको खुल्ला अन्तर्क्रिया तथा युरोपमा रहेका कांग्रेस कार्यकर्ता भेलामा उनले संविधानका धेरै मुद्दामा सहमति भइसकेको र प्रदेश र शासकीय स्वरुपका केही विषयमात्र मिल्न बाँकी रहेको भन्दै संविधान बन्नेमा ढुक्क हुन प्रवासी नेपालीलाई आग्रह गरे।


अन्तर्क्रियाको विषय 'नयाँ नेपाल, समृद्ध नेपाल र प्रवासी नेपालीको भूमिका' रहे पनि अधिकांश सहभागीको प्रश्न संविधानतिर मोडिएपछि पूरै कार्यक्रम संविधान निर्माणका बाधा र सहमति भएका विषयमा केन्द्रित भएको थियो।
सहभागीले आ–आफ्नो जिल्लाका विकाससँग सम्बन्धित प्रश्न उठाउनुका साथै नेपालमा पछिल्लो समय बढेको सडक दुर्घटना र नागरिक सुरक्षाको विषय गम्भीर रुपमा उठाएका थिए। ती चासोहरुलाई सम्बोधन गर्ने क्रममा देउवाले समस्या समाधानको लागि सावधानीका साथै कडा कानुन बनाउनुपर्ने धारणा राखे।
सहभागीले धादिङ जिल्लाका बालबालिकाले झोलुंगे पुलको अभावमा जोखिमपूर्ण यात्रा गरी स्कुल जान बाध्य भएको विषय उठाइएपछि देउवाले यसमा आफू गम्भीर भएको र स्वदेश फर्किनासाथ जानकारी हासिल गरी यथासम्भव उपाय गर्ने आश्वासन दिए।

प्रकाशित: २९ मंसिर २०७१ ०५:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App