७ माघ २०८२ बुधबार
image/svg+xml
प्रवास

उद्धार कोषमा मकाउमा कार्यरत नेपालीको सहयोग


काठमाडौं- यस वर्ष भएका प्राकृतिक प्रकोपबाट प्रभावित नेपालीलाई सहयोग गर्न गैरआवासीय नेपाली सङ्घ मकाउले प्रधानमन्त्री राहत कोषमा रु दुई लाख २० हजार २०० सहयोग गरेको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा गैरआवासीय नेपाली सङ्घ मकाउका अध्यक्ष सुदर्शन थापा मगरले सो रकम उल्लेखित चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरे।

सहयोग रकम ग्रहण गर्दै प्रधानमन्त्री कोइरालाले मुलुकमा विपत्ति आउँदा स्वदेश र विदेशमा रहेका नेपालीले गच्छेअनुसार सहयोग गरेर राम्रो उदाहरण प्रस्तुत गरेको बताए। उनले सहयोग रकम वास्तविक बाढी पहिरो पीडितसमक्ष पुर्या उन सरकार चनाखो रहेको बताउनुभयो। यसपटक सहयोग रकम दुरुपयोग हुन नपाउने गरी सहयोग वितरण भइरहेको पनि उनले बताए। रासस

प्रकाशित: १८ कार्तिक २०७१ ००:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App