बेल्जियममा रहेका बिभिन्न नेपाली तथा बेल्जिक संघ संस्थासंग समन्वय गर्दै नेपाली भाषा साहित्य, संस्कृती र स्वस्थ जिवनशैली विकास गर्ने यसको प्रमुख लक्ष्य रहेको क्लबका अध्यक्ष रमेश कंडेलले बताए। क्लबमा रेशम जंगकुँवर उपाध्यक्ष, निमा रुम्बा महासचिव, रामबहादुर मगर कोषाध्यक्ष रहेका छन्। यस्तै गरी क्ल बका सदस्यहरुमा क्रमश: ज्योती घिसिङ, विबेक थापा, राजन केसी, कामाक्षी दाहाल, सुजन टंडन, सनोज रिजाल, सामना रावत, कुसल श्रेष्ठ, आवाज अधिकारी, रक्कि थापा, विश्व पौडेल र शान्त गुरुङ रहेका छन्।
क्लबले युवालाई हरेक क्षेत्रमा अग्रसर गराई समाजमा भाईचाराको माध्यमबाट एकआपसमा मिलीजुली रहने र युवा प्रतिभाको विकास गर्ने लक्ष्य लिएको छ।
प्रकाशित: ४ कार्तिक २०७१ ०६:३१ मंगलबार





