२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

झापाबाट शैक्षिक भ्रमणमा गएको बस दुर्घटना, ६ जना विद्यार्थी घाइते

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को बुलिङटार गाउँपालिका–२ भेलौरीस्थित कालीगण्डकी करिडोरमा बस दुर्घटना हुँदा ६ जना विद्यार्थी घाइते भएका छन्।

झापाको बिर्तामोडस्थित निदि आदर्श कलेजका विद्यार्थी बोकेको ग १ ख ९५४६ नं को बस आज दिउँसो दुर्घटनामा परेको हो।

शैक्षिक भ्रमणमा आएका कक्षा १२ मा अध्ययनरत ३५ जना विद्यार्थी बोकेर पोखराबाट गैँडाकोटतर्फ आउँदै गरेको बसको ब्रेक फेल भएर भित्तामा ठोक्किएको प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए।

May be an image of text that says 'BLOCK HM 8 SCHOOL AADARSHA MANAGEMENT MANAGEMENT MANAGEMENT Magh Jhapa EDUCATIONAL CATIONAL TOUR 02 To OF SECONDARY CONDARY SCHOOL BLOCK SCHOOL Birtamode Magh सभमीपা ECONDARY ECONDARY MANAGEMENT 2082 NIDI HOTEL AADARSHA : Date IaIN 10'

दुर्घटनामा घाइते भएका विद्यार्थीमध्ये चार जनाको स्थानीय बुलिङटार अस्पतालमा उपचार भइरहेका तथा दुई जनालाई थप उपचारका लागि चितवनको भरतपुर पठाइएको खड्काले बताए।

दुर्घटनामा परी घाइते भएका झापाको बिर्तामोड नगरपालिका–८ का १८ वर्षीया छात्रा उन्नति पाठक र १८ वर्षीय गगन नेचेलाई थप उपचारका लागि भरतपुर पठाइएको उनले बताए।

दुर्घटनामा परी घाइते भएका १८ वर्षीय अनिल जयसवाल, १८ वर्षीय अङ्कित सिटौला, १८ वर्षीय साङनुमा लिम्बू र १७ वर्षीया पवित्रा गुरुङको स्थानीय बुलिङटार अस्पतालमा उपचार भइरहेको खड्काको भनाइ छ।

बस र बस चालक इलाका प्रहरी कार्यालय बुलिङटारको नियन्त्रणमा रहेको छ।

प्रकाशित: ७ माघ २०८२ १८:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App