४ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

एक फर्ममाथि जरिवाना, पाँच वटालाई निर्देशन

नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई रु २० हजार जरिवाना गरेको छ।

स्थलगत अनुगमनको क्रममा कैफियत देखिएपछि विभागले गुन्जेश्वरी ट्रेड लिंक प्रालि कसलेश्वरलाई जरिवाना गरेको हो। विभागले नियमित रूपमा पछिल्ला दिनमा खाना पकाउने ग्यास तथा खाद्य पदार्थसँग सम्बन्धित व्यवसाय तथा पसलको अनुगमन गरिरहेको छ। यसै क्रममा विभागले अन्य पाँच फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ।

स्थानीय प्रशासन तथा उपभोक्ता अधिकारकर्मीको सहभागितामा नियमित रूपमा बजार अनुगमन गर्दै आएको छ। रासस

प्रकाशित: २ फाल्गुन २०८२ ०७:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App