६ माघ २०८२ मंगलबार
image/svg+xml
प्रवास

ओस्लोमा नेपाली सांस्कृतिक साँझ

ओस्लो (नर्वे) — नेपालको पर्यटन प्रवर्धन तथा दुई देशबीचको सम्बन्ध थप विस्तार गर्ने उद्देश्यले नर्वेको ओस्लोमा त्यहाँस्थित गैरआवासीय नेपाली संघले सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ।कार्यक्रममा नर्वेमा रहेका नेपाली, नर्वेलीलगायत सहभागी थिए । नेपालका विभिन्न भूभागका नृत्य, नेपालसम्बन्धी वृत्तचित्र तथा विभिन्न जातजातिका पहिरनसहितको फेसन सो, नेपाली हस्तकला तथा परिकार प्रदर्शनी आयोजना गरिएको थियो ।

संघका अध्यक्ष सुरज थापाले पहिलो पटक यस्तो कार्यक्रम आयोजना गर्न पाउँदा खुसी लागेको बताए । नेपाली संस्कृतिप्रति नर्वेलीको चासो देखेर आफूहरू थप उत्साही भएको उनले बताए । ‘यसखाले कार्यक्रमले नेपालको पर्यटन प्रवद्र्धनमा उल्लेख्य सहयोग पुग्ने आशा छ,’ उनले भने ।

प्रकाशित: १२ आश्विन २०७१ ०७:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App