५ माघ २०८२ सोमबार
image/svg+xml
प्रवास

पहिरो पीडितलाई नेदरल्यान्डवासीको सहयोग

पर्वत-पहिरोमा परी घरबार गुमाएका पहिरोपीडित परिवारलाई प्रवासीहरूले आर्थिक सहयोग उपलब्ध गराएका छन्। भदौ ११ गत बिहान गएको पहिरोका कारण घर गुमाएका कुश्मा नगरपालिका–१८ का हरिलाल चापागाईंको परिवारलाई नेदरल्यान्डवासी नेपालीले आर्थिक सहयोग गरेका हुन्।सदरमुकाम कुश्माबजारस्थित एकता युवा क्लवका सक्रियतामा नेदरल्यान्डवासीले रु ३९ हजार ८७  पहिरोपीडित चापागार्इंलाई सहयोग गरेका हुन्।
प्रजातान्त्रिक विचार समाजद्वारा बुधबार कुश्माबजारमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सभासद् शेखर कोइरालाले पीडित चापागाईंलाई उक्त रकम हस्तान्तरण गरे।
 पहिरोमा परी हरिलाल चापागाईंकी तीजमा दरखान गएकी छोरी जमुना र उनका दुई छोरी जेनिका र जस्मिनको ज्यान गएको थियो भने चापागाईंको घर पूर्णरुपमा पुरिएको छ। रासस

प्रकाशित: २६ भाद्र २०७१ ०१:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App