६ माघ २०८२ मंगलबार
image/svg+xml
प्रवास

नेपालीको मृत्युपछि मलेसियाली कम्पनीमा मजदूरले आगो लगाए, ४२ पक्राउ

काठमाडौं— कम्पनीमा आगो लगाएको अभियोगमा मलेसियाली प्रहरीले इलेक्ट्रोनिक्स सामग्री निर्यात कम्पनी जेसिवाइ इन्टरनेशनलमा कार्यरत ४२ जना कामदारलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा नेपाली समेत परेको सूचना पाएपछि अहिले क्वालालम्पुरस्थित नेपाली दूताबासका अधिकारी घटनास्थल पुगेका छन्।आगो लगाउने काममा १ हजार भन्दा बढी नेपाली कामदार संलग्न भएको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको अन्तरार्ष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

कम्पनीको लापरवाहीले गर्दा गत बिहीबार छातिको बिरामी परेका झापाका हर्कबहादुर निरौलाको मृत्यु भएको थियो। त्यसपछि कामदार र कम्पनीबीच विवाद चर्किएको विवाद समाधान गर्न क्वालालाम्पुर स्थित नेपाली दूताबासका उपनियोग प्रमुख हेमलाल भट्टराई शुक्रबार जोहरबारुस्थित कम्पनी पुगेका थिए।

विवाद समाधान शुक्रबार उनी फर्किएपछि फेरि हिजोको घटना भएको हो। कम्पनीमा ७ देखि ८ हजार नेपाली कार्यरत छन्।

जेसिवाइले सामसङ सगर, हिटाची र वेष्टर्न डिजिटलका लागि पार्टस उत्पादन गर्नगर्छ।

प्रकाशित: ११ भाद्र २०७१ ०३:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App