५ माघ २०८२ सोमबार
image/svg+xml
प्रवास

युयुएनटिएफको अष्ट्रेलियन च्याप्टर गठन

ओहायो –अष्ट्रेलियाको मेलवोर्नमा हालै भएको नेपाली तेक्वान्दोसँग सम्बन्धित पदाधिकारीहरूको भेलाले आलोक रानाको अध्यक्षतामा युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडरेसन (युयुएनटिएफ) को अष्ट्रेलियन च्याप्टर गठन गरेको छ।

 

च्याप्टरको कार्य समितिको सचिवमा माधव धानुक र कोषाध्यक्षमा भिमसेन गौतम छन्। सहकोषाध्यक्षमा शशी पराजुली तथा तीन जना सदस्यहरूमा हिरा महर्जन, रिकेश महर्जन र जीवन श्रेष्ठ जोशी छन्।

डिबी राना, हेमन्त काफ्ले र स्वयम्भुराज डंगोलले सल्लाहकारको जिम्मेवारी पाएका छन् । भेलामा अमेरिकाबाट आएका युयुएनटिएफका वोर्ड सदस्य दिवाकर डान महर्जनको पनि उपस्थिति थियो ।

च्याप्टरले अध्यक्ष रानालाई युयुएनटिएफ हेडक्वार्टर फठाउने निर्णय समेत गरेको प्रेस विज्ञप्तीमा जनाइएको छ ।

प्रकाशित: १० भाद्र २०७१ ०३:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App