६ माघ २०८२ मंगलबार
image/svg+xml
प्रवास

तेरियाले सिड्नीका नेपालीको मन जितिन्

सिडनी–सिड्नीको हर्सभिलको मराना औडिटोरियममा आयोजित तेरिया साँझ कार्यक्रममा डिआइडि लिटिल मास्टर्स २०१४ तेरिया फौजा मगरले आफ्नो बेजोड प्रस्तुति दिएकी छिन्। उनको प्रस्तुतिमा सिड्नीबासी नेपाली लठ्ठिए।

आफ्नो जादुमय नृत्य प्रस्तुत गर्नु अघि मन्तब्य ब्यक्त गर्ने क्रममा तेरियाले आफू आफ्नो कला प्रस्तुत गर्न मात्रै आएको नभएर संसारभरी छरिएर रहेका नेपालीहरुले आफूलाई डिआइडी लिटिल मास्टर्स २०१४ उपाधि हात पार्न देखाएको माया र सहयोगको लागि धन्यवाद दिन पनि आएको भन्दै आफू सबैकी छोरी भएको उल्लेख गरिन्। नेपालको नाम आगामी दिनमा संसारभर अझ चिनाउन लागिपर्ने उनले बताइन्।

लुम्बिनी-कपिलवस्तु दिवस अभियानका 'लुम्बिनी बालिका शान्तिदूत' समेत रहेकी तेरियाले मन्तब्य ब्यक्त गर्ने क्रममा बुद्ध नेपालमा जन्मनु भएकोले आफूलाई नेपाली भन्न पाउनुमा गर्ब लाग्ने बताइन्।

अधिकांश नृत्य हिन्दी गीतमा प्रस्तुत गरेकी 'तेरियाले नेपालकी छोरी हुँ म' नेपाली गीतमा पनि आफ्नो नृत्य प्रदर्शन गरेकी थिइन्। कार्यक्रममा न्यू साउथ वेल्सका अबैतनिक महाबाणिज्यदूत दीपक खड्का र मेघराज श्रेष्ठले जनही १-१ लाख र दिवाकर काफ्लेले १०,००० तेरियालाई प्रसंशा र सम्मान स्वरुप प्रदान गर्ने निर्णय गरेका थिए।

कार्यक्रममा हास्य कलाकार जितु नेपाल (मुन्द्रे) र गायक रामजी खाँड र केही स्थानीय कलाकारहरुले पनि आ-आफ्नो कला प्रस्तुत गरेका थिए ।

कनेक्ट नेपाल अस्ट्रेलियाको आयोजनामा भएको उक्त कार्यक्रममा लुम्बिनी-कपिलवस्तु दिवस अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठ च्याम्पियन अफ नेपालीज नेशनालिज्म, तेरिया मगर वर्ल्ड पिस एम्बासाडर्, जि टिभिका ब्यापारिक उपाध्यक्ष निनान्ड राइकर कल्टिभेटिङ दि ट्यालेण्ट आउट, भरत नेपाल अनसंग हिरो र तेरियाकी आमा अनिता फौजा मगर आइडियल मदरको रुपमा सम्मानित भएका थिए। नेपाली समुदायलाई उल्लेख्य सहयोग पुर्‍याउनु भए बापत अबैतनिक महाबाणिज्यदूत त्रय दीपक खडका, चन्द्र योन्जन र दिपक धमलालाई पनि सम्मान गरिएको थियो ।

दीपा भट्टराई र बिष्णु प्रभातले कार्यक्रम सञ्चालन गरेका थिए।

प्रकाशित: २० श्रावण २०७१ २२:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App