५ माघ २०८२ सोमबार
image/svg+xml
प्रवास

कोपनहेगनबाट अनलाइन नेपाली रेडियो सञ्चालन हुने

कोपनहेगन— नेपालका गतिबिधि, नेपाली समाचार, नेपाली गीतसंगीत, नेपाली कला संस्कृति र संस्कारको विदेशमा प्रवर्धन गर्ने उद्देश्यले डेनमार्कको कोपनहेगनबाट मण्डला अनलाइन रेडियो संचालनमा आउने भएको छ। आगामी आइतबार, जुलाई २० बाट परिक्षण प्रसारण सुरु गरिने उक्त अनलाइन रेडियोको सम्पूर्ण तयारी पुरा भएको जानकारी संस्थापक समुहले दिएको छ।
बिगतमा नेपाल को एफएममा सक्रिय हाल डेनमार्कमा बसोबास गर्दै आएका अजित देवकोटा, सामाजिक कार्यकर्ता हरु जनार्दन अधिकारी र मनोज दाहालको संयुक्त प्रयासमा खुल्न लागेको उक्त अनलाइन रेडियोको लागि नेपालतर्फको संयोजन भने रेडियो थाहा संचार हेटौडाका स्टेसन म्यानेजर पबनराज पौड्यालले गर्ने भएका छन्।

वन स्टप डेस्टिनेशन फर म्युजिक लवर्स स्लोगन राखिएको मण्डला अनलाइन रेडियो डेनमार्कले डेनमार्कमा रहेका कलाकारहरुलाई रेडियो कार्यक्रम बनाएर प्रस्तुत गर्न आह्वान समेत गरेको छ। निकट भबिष्यमा नै स्टुडियो सहितको कार्यालय स्थापना गरिने उदेश्य लिएको उक्त रेडियोले परिक्षणकाल मा ५ घण्टा को कार्यक्रम उत्पादन गर्ने छ।

नेपालमा रेकर्ड गरिएको टक शो दैनिक प्रसारण गर्नुका साथै नेपाल गतिबिधि, यूरोप गतिबिधि र डेनमार्क गतिबिधि समेत प्रसारण गरिने उक्त रेडियोले डेनमार्कमा भएका महत्वपूर्ण कार्यक्रमहरुलाई लाइभ प्रसारण समेत गर्ने जानकारी संस्थापक सदस्य अजित देवकोटाले दिए |

WWW.MANDALAONLINERADIO.COM वेब पेज रहेको उक्त रेडियोको वेब पेजका लागि फोटो संयोजन भने नेपालबाटनै नेपालमा फोटो पत्रकारिता गरिरहेकी फोटो पत्रकार फर वेस्टर्न छोरीले गर्ने सहमति भएको जानकारी संस्थापक सदस्य जनार्दन अधिकारी ले दिएका छन्

प्रकाशित: २९ असार २०७१ ०९:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App