९ माघ २०८२ शुक्रबार
image/svg+xml
प्रवास

अमेरिकामा कार दुर्घटनामा परी नेपाली युवतीको मृत्यु

समर कन्ट्री, कन्सास सिटी— अमेरिकाको कन्सास सिटीमा कार र ट्रक जुध्दा नेपाली युवती उर्मिला शर्मा, २५ को मृत्यु भएको छ। शर्माले चलाइरहेको कार वालिङ्टन उत्तर स्थित आइ–३५ राजमार्गमा काम गरिरहेका निर्माण मजदूरलाई जोगाउन खोज्दा दुर्घटना भएको हो।

दुर्घटनामा परेको कार क्षतविक्षत भएको छ।

प्रत्यक्षदर्शीलाई उदृत गर्दै समाचार अनलाइन केडब्लुसीएच डट कमले जनाएअनुसार सडकमा काम गरिरहेका निर्माण मजदूरलाई छल्न खोज्दा दायाँ लेनमा गुडिरहेको कार बायाँ लेनमा पुगेर रोकिइ रहेको ट्रकसँग ठोक्किन पुगेको थियो। दुर्घटनामा परी ट्रकभित्र रहेका ड्राइभर पनि घाइते भएका छन्। उनलाई अस्पताल भर्ना गरिएको छ।

'मैले गाडी रोकेर साइड लगाएँ। उनीसम्म पुगेँ र नाडी समाएँ। तर दुर्भाग्यको कुरा ढुकढुकी सुनिएन', उर्मिलाभन्दा दुई वटा गाडी पछाडि रहेका ट्रक ड्राइभर निक एलेनले भने, 'त्यो निकै अत्यासलाग्दो क्षण थियो। म उनलाई बचाउन चाहन्थे तर चाहेर पनि केही गर्न सक्ने स्थिति थिएन।'

उनको कारमा प्याक गरिएका ब्याग भेटिएको ती प्रत्यक्षदर्शीले बताएका छन्।


कन्सास सिटी बस्दै आएकी उर्मिलाको नेपालको घर झापा रहेको बताइएको छ।

प्रकाशित: १९ असार २०७१ ०४:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App