९ माघ २०८२ शुक्रबार
image/svg+xml
प्रवास

सिड्नीमा नेपाल प्रवर्द्धन कार्यक्रम

सिड्नी— नेपाली दुतावास क्यानवेरा र सिड्नीमा रहेको नेपाली महाबाणिज्यदुतको कार्यालयको आयोजनामा नेपाल प्रवर्धनसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। गएको बुधवार २५ जूनका दिन आयोजित उक्त कार्यक्रममा बोल्दै राजदुत रुद्रकुमार नेपालले नेपाल सरकारको पर्यटनसम‍बन्धी नीति तथा कार्यक्रमबारे जानकारी गराएका थिए।

'पर्यटन, जलविद्युत, पूर्वधार निमार्ण जस्ता क्षेत्रमा नेपालमा लागनीको सम्भावना छ', राजदूत नेपालले भने। कार्यक्रममा नेपालमा गर्न सकिने साहसिक पर्यटकिय आकर्षण र महत्वबारे सहभागीहरुलाई जानकारी दिइएको थियो।

कार्यक्रममा विशेष अतिथिको रुपमा क्रिस्चियन डेमोक्रेटीक पार्टीकाको तर्फबाट संसदमा प्रतिनिधित्व गर्दै आएका पोल ग्रीनले नेपाल बारे थोरै बुझे पनि जीवनमा एक पटक जानै पर्ने गन्तब्यको रुपाम आफूले हेरेको विचार राखेका थिए ।

कार्यक्रममा ५० भन्दा बढी पटक नेपालको भ्रमण गरिसकेका क्रिस वाकरले नेपालको प्रकृतिक सुन्दरता, जनजीवन, संस्कृति र आध्यत्मबारे बोलेका थिए। नेपाललाई 'प्रकृतिको चमत्कार' भन्ने संख्ज्ञा दिदै वाकरले जीवनमा एक पटक नेपालको भ्रमण गर्न सहभागीहरुलाई आग्रह गरेका थिए।

न्यु साउथ वेल्सका महावाणिज्यदुत दिपक खड्काले उपस्थित सवैलाई धन्यवाद दिदै अष्ट्रेलियामा रहेका हरेक नेपालीले एक जना पर्यटक नेपाल भित्र्याउन पहल गनुपर्ने विचार राखेका थिए। कार्यक्रममा सिड्नीमा रहेका नेपाली ट्राभल एजेन्टहरुका प्रतिनिधि र नेपाललाई माया गर्ने अस्ट्रेलियनहरुको उपस्थिति रहेको थियो । चिनारी नेपाका कलाकारहरु गंगा निम्कुल र सविता लामाले साँस्कृतिक नृत्य प्रस्तुत गरेको कार्यक्रममा नेपाली खानाका परिकारहरु पनि राखिएको थियो।

प्रकाशित: १३ असार २०७१ ०६:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App