यसअघि सन् २०१२ को अक्टोवर महिनामा बेलायतको अध्यागमन बिभागले किर्ते कागजपत्र र नक्कली कम्पनी खडा गरि भिसा दिलाउन सहयोग गरेको अभियोगमा उनलाई पक्राउ गरेको थियो। त्यस लगत्तै उनी धरौटीमा रिहा भएका थिए।
ह्यारो क्राउन कोर्टमा ११ हप्तासम्म चलेको सुनुवाईका क्रममा उच्च दक्षताका आधारमा प्रदान गरिने 'टीयर-वान भिसा आवेदानार्थ नक्कली कानुनी कार्यालय खोलेको, किर्ते तलब बिवरण पेश गरेको र महँगो शुल्क लिएको प्रमाणहरु पेश गरिएको थियो। साधारण काम गरेकाहरुलाई पनि उच्त दक्षता भएको देखाउन बैकमा रकम स्थानान्तरण गरिएको समेत प्रमाण पेश गरिएको थियो। उनी बिरुद्ध बिद्यार्थीहरुसँग मोटो रकम लिएको प्रमाण पनि अदालतमा प्रस्तुत गरिएका थिए ।
भण्डारीलाई नजिकबाट चिन्नेहरु भने उनलाई गलत संगतले फसाएको ठान्छन्। नौ बर्षसम्म रेष्टुराँ ब्यवसायमा सहकर्मी रहेका किरण न्यौपाने भन्छन, 'उनी असाध्यै सहयोगी भावना भएका मानिस हुन तर गलत संगतले गर्दा फस्न पुगे।'
नेपालको धादिङमा जन्मेका ३६ बर्षिय भण्डारी १४ बर्ष अघि बिद्यार्थी भिसामा बेलायत आएका थिए ।
सो अभियोगमा दुई पाकिस्तानीलाई क्रमश बर्ष ५ महिना बर्ष, ८ बर्ष र एक भारतीयलाई २ बर्ष ५ महिना जेल सजाय तोकिएको छ। स्थानिय समाचारपत्र गेटवेस्ट लण्डनको अनलाइन संस्करणका अनुसार मुद्रा कारोवारमा सहयोग गरेको आरोपमा एक बेलायतीलाई ५१ हप्ताको जेल सजाय सुनाइएको छ।
बेलायती सरकारले यसलाई क्रमबद्द रूपमा गरिएको सांगठित अपराधको संज्ञा दिएको छ। अध्यागमनसँग सम्बन्धित अपराधको निगरानी गर्ने समुह (आईसीआई) का एक सदस्य डेभीड फेयरक्लाउले भने, 'यो असाध्यै जटील प्रकारको अपराध हो। तर हामी कुनै पनि हालतमा अध्यागमन दुरुपयोग हुन दिने छैनौं। उनले भने, 'कानुन नमान्नेले कडा सजाय भोग्नु पर्ने छ ।
अध्यागमनले मुद्धाको क्रममा निलम्बित निवेदनहरुलाई अस्वीकृत गर्ने र यस समूहले सिफारिश गरेर सुविधा लिएकाहरुको पनि अनुसन्धान गर्ने जनाएको छ। किर्ते गरि प्राप्त गरेका सबै भिसाहरु माथि अध्यायमन विभागले पुन छानविन गर्ने भएको छ । यसरी छानविन गरिएमा भण्डारी मार्फत आवेदन गरेका कयौं नेपालीहरुको प्राप्त गरेको भिसा समेत रद्ध हुने सम्भवना बढेको छ ।
प्रकाशित: १३ असार २०७१ ०१:१६ शुक्रबार





