५ माघ २०८२ सोमबार
image/svg+xml
प्रवास

सगरमाथाको नाममा अमेरिकामा लायन्स क्लब

क्यालिफोर्निया (अमेरिका) – लायन्स क्बल मार्फत अमेरिकाको क्यालिफोर्नियामा रहेका नेपालीहरु सामाजीक कार्यमा अग्रसर भएका छन्।
क्यालिफोर्नियाको बे एरियामा नेपालीहरुको सकृयतामा स्थापित लायन्स क्लब अफ फ्रिमन्ट सगरमाथाले औपचारिक रुपमा संस्थागत रुप लिएको छ। लायन्स क्लब अन्तर्राष्ट्रियका अध्यक्ष जो प्रेस्टनले क्लबको उद्घाटन गरे।
विश्वका दुईसय देशहरुमा शाखा रहेको लायन्स क्लबका १३ लाख ५० हजार सदस्यहरु छन्। नेपालीहरुको सकृयतामा यसअघि क्यालिफोर्नियाको बर्कलीमा लायन्स क्लब अफ बर्कली अन्नपूर्ण केही वर्षदेखिदेखिनै स्थापना भएर सकृय छ।
नव स्थापित लायन्स क्लब फ्रिमन्टको अध्यक्ष राजन वर्तौला चयन भएका छन्। त्यस्तै प्रथम, द्वितीय र तृतीय उपाध्यक्षमा क्रमशः श्याम त्रिपाठी, सन्तोष गिरी र सन्देश उप्रेती रहेका छन्।
कार्यसमितिको सदस्यता सभापतिमा प्रकाश थापा, सचिवमा विशाल हाडा, कोषाध्यक्षमा शंकर कार्की, टेल टि्वष्टरमा नारायण खनाल निर्विरोध चयन भएका छन्। कार्यसमितिमा हरिहर दाहाल, पुरुषोत्तम अधिकारी, तिलक सुनार चयन भएका छन्। संस्थाको सल्लाहकारमा इश्वर सापकोटा, डिल्ली भट्टराई, राजकुमार गौतम छन् भने निर्मल अधिकारी, सन्तोष केसी, अर्जुन थापा, राम दाहाल, निराजन कार्की र अशोक खड्का निर्देशकमा चयन भएका छन्।
संस्था औपचारिक रुपमा सञ्चालनमा आएको अवसरमा आयोजित कार्यक्रममा नेपालीहरुको संस्था न्यान्सका अध्यक्ष उत्तम कार्की, डिस्ट्रिक्ट गभर्नर लिन्डा ग्रिफिन, गाइडिङ लायन हरिहर दाहाल लगायतले शूभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा लायन्स क्लब अन्तर्राष्ट्रियका अध्यक्ष पे्रष्टनले अन्नपूर्ण चार्टरका अध्यक्ष राजन थापा, भूतपूर्ब अध्यक्षहरु मणि पनेरु 'नेपाली', रामचन्द्र ढकाल, चीनकाजी श्रेष्ठ, लक्ष्मी चौधरी, वर्तमान अध्यक्ष राजन थापालाई सम्मान गरेका थिए।

प्रकाशित: ७ असार २०७१ ००:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App