५ माघ २०८२ सोमबार
image/svg+xml
प्रवास

राष्ट्रिय हितलाई ध्यानमा राखेर मात्र दोहोरो नागरिकता : मन्त्री पाण्डे

लण्डन– परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले नेपालको राष्ट्रिय हित, राष्ट्रिय सुरक्षा र भूराजनीतिलाई ध्यानमा राखेर मात्र गैरआवासीय नेपालीहरुको दोहोरो नागरिकताको मागलाई संबोधन गरिने बताएका छन्।
लण्डनस्थित नेपाली राजदूतावासमा मंगलबार साँझ आयोजित अन्तर्क्रियामा उनले राष्ट्रिय हितलाई छाडेर व्यक्तिगत हितलाई अगाडि राख्न नमिल्ने बताए।राष्ट्रिय हित र राष्ट्रिय सुरक्षामा कुनै आँच नआउने उपाय फेला परेको भोलिपल्टै दोहोरो नागरिकताको समस्या समाधान हुने पनि उनले जनाए। सरकारले व्यवस्था गरेको एनआरएन परिचयपत्रको बढीभन्दा बढी उपयोग गर्न उनले गैरआवासीय नेपालीलाई सुझाव दिए।
कार्यक्रममा गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष योगेन क्षेत्रीले आफूहरुले दोहोरो नागरिकता नभई नेपाली नागरिकताको निरन्तरता चाहेको बताएका थिए। विदेशमा बसिरहेका नाबालकहरुको एमआरपी बनाउन सरकारले नियम सजिलो बनाइदिनुपर्ने माग पनि उनले गरे।
एमआरपी बनाउन भोग्नुपरेको कठिनाइबारे भूतपूर्व गोर्खा नेतासहित कैयौं सहभागीले गुनासो गरेका थिए। जवाफमा मन्त्री पाण्डेले एमआरपी बनाउन प्रतिदिन झन्डै ६ हजार निवेदन आइरहेको उल्लेख गर्दै आफू मन्त्री भएर आएपछि एमआरपी बनाउने कामलाई तीव्रता दिएको दाबी गरे । उनका अनुसार अहिले सरदर दैनिक ५,७०० एमआरपी तयार भइरहेको छ। एमआरपी बनाउनेसम्बन्धी जानकारी सबैले बुझ्ने भाषामा वेबसाइटमा राख्न र यसको गुणस्तर सुधार्न पनि निर्देशन दिइसकेको उनले जनाए।
भुतपूर्व गोर्खाहरुको लालबुकको आधारमा नयाँ एमआरपी बनाउने बारे पनि सरकारले विचार गरिरहेको मन्त्री पाण्डेले बताए। भाषणले देश बन्दैन भन्दै सम्बोधन सुरु गरेका मन्त्री पाण्डेले एक घन्टाभन्दा बढी समय बोलेका थिए।

प्रकाशित: २८ जेष्ठ २०७१ ०८:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App