६ माघ २०८२ मंगलबार
image/svg+xml
प्रवास

सिड्नीमा 'वाक फर नेपाल' सम्पन्न, बृद्धाश्रम निमार्ण गर्न ४६ हजार डलर संकलन

सिड्नी— गैर आवासिय नेपाली संघ (एनआरएन) अस्ट्रेलियाको न्यु साउथ वेल्स शाखाले परोपकारी कार्यक्रमलाई सहयोग गर्न आयोजना गरेको 'वाक फर नेपाल' कार्यक्रमबाट करिव ४६ हजार अस्ट्रेलियन डलर संकलन भएको छ। जुन १ आइतवार सिड्नीको दक्षिण रकडेलमा रहेको कुक पार्कको डल्स प्वाइन्टबाट शुरु भएर ब्राइटनबीच हुँदै पुन डल्स पोइन्टमा पुगेर समाप्त भएको यो कार्यक्रममा चार सय भन्दा बढी सिड्नीवासी नेपाली सहभागी थिए। कार्यक्रम संयोजक विजय पोखरेलका अनुसार पूर्वी नेपालको बिराटनगर उपमहानगरपालिकामा पाथिभरा जेष्ठनागरिक श्रदा आश्रम निमार्ण गर्न यो अर्थ संकलन कार्यक्रम भएको थियो।

आइतबार बिहान स्थानीय रकडेल शहरका मेयर शेन ओ ब्राइङ र गैर आवासिय नेपाली संघ (एनआरएन) अन्तराष्ट्रिय समन्वय समितिका उपाध्यक्ष भवन भट्टले संयुक्त रुपमा यो कार्यक्रमको उद्घाटन गरेका थिए । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मेयर ओ ब्राइङले नयाँ र तिब्र रुपमा बृद्धी भैरहेको नेपाली समुदायकोे हितका लागि आफु सधै तयार रहेको बीचार राखेका थिए । कार्यक्रममा बोल्दै उपाध्यक्ष भट्टले "वाक फर नेपाल" नेपालमा परोपकारी कार्य गर्न अर्थ संकलन गर्न उपयोगि औजार भएको भन्दै संसारभरी रहेको एन आर एनको संजालले यो कार्यक्रमको अनुकारण गर्न सुभाव दिएका थिए । गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिका सचिव रन्जु थापाले वाक फर नेपालले सिड्नीका बृद्ध, पौढ, युवा र बालबालिका सबैलाई बरबरी सहभागिताको अवसर दिएको भन्दै श्रदा आश्रम निमार्णको लक्ष्यमा पुग्न आयोजकलाई शुभकामना दिएकी थिइन ।

कार्यक्रममा झण्डै ८ किलोमिटर दुरी हिँडेर पुरा गर्ने सम्पूर्ण सहभागीलाई पञ्च कन्याहरुले मेडल बितरण गरेका थिए। सिड्नीमा रहेका नेपाली समुदायका अगुवाहरु, विभिन्न सामुदायिक संस्थाका प्रतिनिधिहरु, व्यवसायि, संचारकर्मी, विभिन्न पेशाकर्मीहरुको उत्साहजनक सहभागिता रहेको कार्यक्रममा एनआरएन आस्ट्रेलियाका अध्यक्ष महेन्द्र ओलीले यहाँका सबै राज्य समितिहरुले अर्थ संकलन कार्यक्रम गरेर यो परोपकारी परियोजना सफल बनाउने बताए।

ओलीका अनुसार एनआरएन भिक्टोरिया राज्य समितिले मेलवर्नमा हालै आयोजना गरेको च्यारिटि डिनर कार्यक्रमबाट २५ हजार डलर संकलन भएको थियो । कार्यक्रममा सचिव भरत पोखरेलले पहिलो पटक एन आर एनले स्थानिय निकायसँग सहकार्य गर्दै यो परियोजना अगाडी बढाएको बताए । एनआरएनए अस्ट्रेलियाका परोपकारी (च्यारिटी) परियोजना संयोजक रमेश पाण्डेका अनुसार पाथिभरा जेष्ठनागरिक श्रदा आश्रम निमार्ण गर्न करिव ७ करोड रुपैया खर्च लाग्ने अनुमान गरिएको छ । अष्ट्रेलियाबाट अर्थ संकलन गरेर करिव २ करोड ५० लाख यो परियोजनालाई सहयोग हुन लागेको हो । पहिलो चरणमा करिव ५० जना जेष्ठ नागरिकलाई आश्रय पुग्ने भवन र आवश्यक पूर्वाधार निमार्ण गरिने छ । कार्यक्रममा एनआरएन अस्ट्रेलियाका कोषाध्यक्ष चुरामणि बेलबासेले 'वाक फर नेपाल' कार्यक्रमबाट भएको अर्थ संकलनको विवरण सार्वजनिक गरेका थिए ।

परिवारिक जमघट जस्तो देखिने वाक फर नेपाल कार्यक्रममा बालबालिकाहरुले नेपालको पहिचान दिने बिभिन्न नृत्य प्रस्तुत गरेका थिए। उक्त नृत्य र साँस्कृतिक कार्यक्रमको संयोजन उषा बरियाले गरेकी थिइन । साथै अस्ट्रेलियामा जन्मे हुर्किएका दोस्रो पुस्ताले कार्यक्रमलाई ब्यवस्थित बनाउन स्वयम सेवकको भुमिका निभाएका थिए । बालबालिकाको मनोरञ्जनका लागि जम्पिङ क्यासल, 'वाक फर नेपाल'मा सहभागिहरुका लागि बार्बेक्यु, पानी तथा फलफुल र प्राथमिक उपचारको ब्यवस्था आयोजकका तर्फबाट भएको थियो

प्रकाशित: १९ जेष्ठ २०७१ ०४:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App