५ माघ २०८२ सोमबार
image/svg+xml
प्रवास

नेपालीको हित सुरक्षित हुने संविधान बन्नुपर्छ : बेलायती मन्त्री

लन्डन– बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास राज्यमन्त्री अलान डंकनले नेपालमा अब बन्ने संविधानले आमनेपालीको हित सुरक्षित गर्नुपर्ने बताएका छन्। गणतन्त्र दिवसका अवसरमा नेपाली दूतावास लन्डनले बिहीबार दूतावास भवनमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक सुधारले आर्थिक विकासलाई सघाउनु पर्नेसमेत बताए।
राज्यमन्त्री डंकनले विकासको अपार सम्भावना रहेको भन्दै नेपालको विकासमा सघाउन बेलायत सधैं तयार रहेको जनाए। 'बेलायत नेपालको महŒवपूर्ण विकास साझेदार हो,' उनले भने, 'अहिले बेलायतले प्रतिवर्र्ष १० करोड पाउन्ड बराबरको सहायता नेपाललाई उपलब्ध गराइरहेको छ।'
नेपालको पाँचपटक भ्रमण गरिसकेका राज्यमन्त्री डंकनले आफ्नो पहिलो भ्रमणमा किनेर ल्याएको खुकुरी प्रधानमन्त्री डेभिड क्यामरुनलाई उपहार दिएको सुनाए। ...त्यही खुकुरी देखाएर टेन डाउनिङ स्ट्रिटमा सबैलाई तह लगाएको प्रसंग प्रधानमन्त्री क्यामरनले मलाई सुनाएका थिए,' उनले भने।
कार्यक्रममा बेलायतका लागि नेपाली कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीले नेपाल–बेलायत सम्बन्ध ऐतिहासिक भएको चर्चा गरे। कार्यक्रममा बेलायतस्थित विभिन्न देशका राजदूत तथा प्रतिनिधि, सांसद, स्थानीय मेयरलगायत पेसाकर्मी, समाजसेवी, व्यवसायी, संघसंस्थाका प्रतिनिधिलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको बाक्लो उपस्थित थियो।

प्रकाशित: १६ जेष्ठ २०७१ ०८:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App