९ माघ २०८२ शुक्रबार
image/svg+xml
प्रवास

बेलायतका नेपालीले अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने

लण्डन— बेलायतका नेपाली समुदायले दशौं अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिताको आयोजना गर्ने भएको छ। सगरमाथा तेक्वान्दो डोजाङ, जेन मार्सल आर्टस् एकेडेमी र गैरआवासीय नेपाली संघ बेलायतको संयुक्त आयोजनामा हुने उक्त प्रतियोगितमा २० देशका ४ सय ५० जना खेलाडी सहभागी हुने खेल आयोजक समितिका संयोजक राष्ट्र राईले बताए।आगामी जुलाई २६ र २७ मा बेलायतको रेडिङस्थित रिभरमेड लेजर कम्प्लेक्समा हुने सो खेल ५ हजार दर्शकले हेर्ने अनुमान गरिएको सगरमाथा तेक्वान्दो डोजाङका संस्थापक समेत रहेका राईले बताए। 'हालसालैबाट शुरुवात गरिएको अग्रिम टिकट बुकिङको अनुपातले त हामी झनै हौसिएका छौं' उनले नागरिकन्युजसँग भने।

प्रतियोगिता हेर्न बेलायतका खेलकुद मन्त्री, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधानलगायत पूर्व राष्ट्रिय तेक्वान्दो खेलाडीहरुलाई समेत आमन्त्रण गरिएको आयोजकले जानकारी दिए।

करिब ६० लाख रुपैंया खर्च लाग्ने उक्त प्रतियोगितामा प्रयोग हुने अत्याधुनिक इलोक्टोनिस 'डेडो पीएसएस' नेदरल्याण्डबाट झिकाइने छ । यस्ताध अत्यासधुनिक प्रविधि प्रयोगसँगै खेलाडीले पनि 'ओलम्पि क स्त रका प्रतिस्प‍र्धा' गर्न पाउनु नै यस प्रतियोगिताको आकर्षण हुने राईले बताए।

खेल सञ्चालन गर्न अन्तर्राष्ट्रिय तेक्वावन्दोस फेडरेसन आवद्व ३२ जना रेफ्री सहित ४० जनाको अफिसियल परिचालन गरिने तयारी भइरहेको छ भने यस प्रतियोगितालाई ब्रिटिस् तेक्वाचन्दोा अनुगमन बोर्डले पनि विशेष प्राथमिकता दिएको छ।

उमेर समूह अन्तकर्गत जुनियर अन्डर टेन (पिभी), ११ देखि १५, (क्याडेड), १५ देखि १७, (जुनियर), १८ देखि ३५ (सिनियर) ओभर ३५ देखिमाथि भेट्रानसमेत गरी ६ उमेर समूहमा खेल खेलाइने छ ।

प्रतियोगितामा सहभागी गराउन नेपालका विभिन्न क्षेत्रबाट खेलाडीहरु चयन भइसकेको आयोजकले बताएको छ । पश्चिमबाट २ जना, पूर्वबाट २ जना र काठमाडौंबाट ३ जना खेलाडीलाई छनौट गरिएको बताइएको छ । प्रतियोगीमध्ये एक महिला खेलाडीसमेतले रहने छिन् ।

सन् २००० को डिसेम्वेरमा काठमाडौं स्थिएत वीरेन्द्रि अन्तओर्राष्ट्रि य सम्मेषलन केन्द्रगमा तत्का लीन युवराज दीपेन्द्रा वीर बिक्रम शाहबाट उद्घाटन गरी शुरुवात गरिएको पहिलो प्रतियोगिता हङ्गकङ्ग र भारतमा पनि आयोजना भएको थियो। यस अघिको नवौं अन्तगरार्ट्रिजन य खुल्लान मैत्री ताईक्वाभन्दोय प्रतियोगिता भने अमेरिकाको पोर्टल्या ण्ड्मा सम्पैन्नर भएको थियो।

दुई दिन चल्ने प्रतियोगिताको उद्घाटन समारोहमा नेपाली भेषभूषा, कलासंस्कृति झल्कने झाँकीसमेत प्रदर्शन गरिने जानकारी आयोजकले दिए।

प्रकाशित: १ जेष्ठ २०७१ ०२:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App