चीनले लगभग पूरै दक्षिण चीन समुद्रको जलक्षेत्र आफ्नो भएको दाबी गर्दै आएको छ। छिमेकी देश भियतनाम, फिलिपिन्स, ताइवान, मलेसिया र ब्रुनाईले पनि दक्षिण चीन समुद्रका केही जलक्षेत्रमा आफ्नो स्वामित्वको दाबी गर्दै आएका छन्। दक्षिण चीन समुद्रमा चीनको जलसीमा विवाद भियतनाम, फिलिपिन्स, ताइवान, मलेसिया र ब्रुनाईसँग रहँदै आएको छ।
प्रवक्ता साकीका अनुसार केरीले चीन–भियतनाम दुवैसँग तनाव मत्थर पार्न, एक अर्काका जहाज सुरक्षित गर्न र अन्तर्राष्ट्रिय कानुनअनुसार शान्तिपूर्ण तरिकाबाट विवाद गर्न आग्रह गरेका थिए।
उता चीनको विदेश मन्त्रालयले भने दक्षिण चीन समुद्रमा निश्चित रुपमा भड्काउ काम भएको तर चीनद्वारा यस्तो कार्य नभएको दाबी गर्दै आफ्ना छिमेकीलाई उचालेको आरोप अमेरिकामाथि लगाएको छ। एसिया प्रशान्त क्षेत्र शान्त र सुरक्षित हुने कुरा अमेरिकाले त्यस क्षेत्रमा निर्वाह गर्ने भूमिकामा भर पर्ने समेत चीनले उल्लेख गरेकेा छ। चिनियाँ विदेश प्रवक्ता हुआ चुन्यिङका अनुसार चीनका विदेशमन्त्रीले केरीलाई दक्षिण चीन समुद्रको जलसीमा विवादलाई वस्तुगत र तटस्थ ढंगबाट हेर्न सल्लाह दिँदै सावधानीपूर्वक अभिव्यक्ति दिन आग्रह गरेका थिए।
प्रकाशित: ३० वैशाख २०७१ २२:२० मंगलबार





