७ माघ २०८२ बुधबार
image/svg+xml
प्रवास

अस्ट्रेलियमा पहिलो एकल नेपाली कविता वाचन

सिड्नी—अस्ट्रेलियामा सक्रिय कवि तथा सहित्यकार निस्प्रभ सजी (माधवराज पौडेल)को एकल कविता वाचन कार्यक्रम ४ मे आइतवार सिड्नीको एसफिल्डमा सम्पन्न भएको छ। सिड्नीका सहित्यप्रेमी नेपाली समुदायको उपस्थिति रहेको कार्यक्रममा कवि सजीले करिव २ दर्जन कविता, गजल, गीत र मुक्तक वाचन गरेका थिए।

राष्ट्रप्रेम, पारिवारिक सम्बन्ध, मायाप्रीति र प्रकृति जस्ता विषयमा सजीका कविता तथा गजलहरु केन्द्रित थिए। कार्यक्रममा केही कवितालाई दोहोर्‍याएर वाचन गर्न दर्शकहरुले अनुरोध समेत गरेका थिए। सिड्नीबासी नेपालीको माया र साथले आगामी दिनमा साहित्य रचना गर्न अझ उर्जा मिलेको कवि सजीको प्रतिक्रया रहेको थियो। अस्ट्रेलियामा पहिलो पटक आयोजना भएको एकल कविता वाचन कार्यक्रम सिड्नीबाट प्रकासन हुने पत्रिका अस्ट्रेलियाको नेपालीपत्र एवं साताको सहित्य डट कमको संयुक्त सहकार्यमा सम्पन्न गरेको हो।


उक्त कार्यक्रममा सजीको पहिलो गजल संग्रह 'इरा'को पनि बिमोचन गरिएको थियो। गजल संग्रहको विमोचनमा ५१ दिनकी बालिका इरालाई गैर आवासीय नेपालीसंघ अन्तराष्ट्रिय संयोजन समितिका संरक्षक इन्द्रा वन, नेपाली समुदायका अग्रज डा नारायण प्रधान, गैर आवासिय नेपालीसंघ अन्तराष्ट्रिय संयोजन समितिका सचिव रन्जु थापा र गैर आवासीय नेपालीसंघ अस्ट्रेलियाका सचिव भरत पोखरेलले साथ दिएका थिए। साथै हेल्प नेपाल नेटवर्क अस्ट्रेलियाका अध्यक्ष हर्ष गौतमले कवि सजीलाई खादा लगाएर मञ्चमा स्वागत गरेका थिए। यो संग्रहमा १० वटा गजलहरु संग्रहित छन्। संग्रहमा रहेको "कहिले वारी आउँ भन्यौ" गजलको म्युजिक भिडियोको पनि प्रिमियर गरिएको थियो।

झण्डै एक दशक भन्दा लामो समयदेखि नेपाली साहित्यमा सक्रिय सजीका २ वटा कविता संग्रह र २ वटा गीति संग्रह प्रकासन भैसकेका छन्। फोटो सौजन्यः सुधन शाक्य

प्रकाशित: २२ वैशाख २०७१ ०१:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App