४ माघ २०८२ आइतबार
image/svg+xml
प्रवास

मलेसियामा अलपत्रको उद्धार : रकम पठाउन मन्त्रालयलाई आग्रह

काठमाडौं- अख्तियार दूरुपयोग अनुसन्धान आयोगले मलेसियाको जेल तथा डिटेन्सन सेन्टरमा रहेका नेपाली कामदारको उद्धारका लागि वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट २० लाख पठाउन श्रम तथा रोजगार मन्त्रालयलाई आग्रह गर्ने भएको छ ।


आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की गत साता  मलेसिया भ्रमण गर्दा नेपाली दूतावासमा पुगी नेपाली कामदारको अवस्थाका विषयमा जानकारी लिएपछि आइतबार विभिन्न निकायसँग बैठक बसी मलेसियाको जेल र डिटेन्सन सेन्टर लगायत  अन्य मुलुकमा रहेका नेपाली कामदारको उद्धारका लागि चासो व्यक्त गरेका हुन् । बैठकमा विदेशमा मृत्यु भएका कामदारको शव नेपाल ल्याउन सहजीकरण गर्न पनि निर्देशन दिइएको थियो । 
आइतबार प्रमुख आयुक्तको संयोजकत्वमा बसेको बैठकमा आयोगका सचिवगृहश्रम तथा वैदेशिक रोजगार मन्त्रालयका सचिवअध्यागमन विभागभन्सार विभागवैदेशिक रोजगार विभागका महानिर्देशकत्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका निमित्त कार्यकारी निर्देशकको उपस्थिति थियो । 
बैठकमा वैदेशिक रोजगारीको लागि विदेश जाने नेपाली कामदारको छनौट भैसकेपछि भिसाको कारवाही गर्नु अगावै अभिमुखीकरण तालिम अनिवार्य दिलाउनु पर्ने व्यवस्था मिलाउने सम्बन्धमा श्रम तथा रोजगार मन्त्रालयमा पत्र लेख्ने साथै वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरुलाई प्रदान गरिने अभिमुखीकरण तालिम प्रदायकहरुको सेवा विश्वसनीयभरपर्दो र गुणस्तरीय बनाउने सम्वन्धमा विद्यमान अनुगमन प्रणालीमा सुधार गर्न एबं प्रभावकारी अनुगमनको लागि समेत आवश्यक व्यवस्था मिलाउन श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार प्रवद्र्र्धन बोर्डलाई आग्रह गरिने छलफल भएको थियो ।
 यसका लागि पर्याप्त बजेटको आवश्यक व्यवस्था श्रम तथा रोजगार मन्त्रालयले गराउन छलफल भएको आयोगका प्रवक्ता श्रीधर सापकोटाले बताए ।
त्यस्तै वैदेशिक रोजगारमा जाने नेपाली कामदारहरुको स्वास्थ्य परीक्षण गर्न विद्यमान स्वीकृत मापदण्ड बमोजिम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग समन्वय गरी सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाउन श्रम तथा रोजगार मन्त्रालयलाई पत्र लेख्ने निर्णय भएको छ । त्यस्तै बैठकमा उल्लेखनीय संख्यामा बैदेशिक रोजगारीमा जाने मुलुकका नेपाली राजदुतावासहरुको जनशक्ति अपर्याप्त रहेको भन्ने बुझिएकोले ती राजदुतावासहरुमा थप संख्यामा स्थानीय व्यक्तिहरुलाई काममा लगाउने तत्काल व्यवस्था गर्नु पर्ने देखिएकोले उचित व्यवस्था मिलाउनुको साथै मलेसियाको नेपाली राजदुतावासको हकमा सम्बन्धित निकायसंग समन्वय गरी तत्काल आवश्यक व्यवस्था गर्न गराउन परराष्ट् मन्त्रालयअर्थ मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयमा पत्र लेख्ने निर्णय भएको बैठकमा सहभागी वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णहरी पुस्करले बताए ।
सरोकार निकायबिचको बैठकमा वैदेशिक रोजगारमा जाने नेपाली कामदारहरुको सामाजिक सुरक्षा तथा कल्याणको लागि वैदेशिक रोजगार कल्याणकारी कोÈको स्थापना भएकोले सो कोÈबाट खर्च व्यहोर्ने गरी सम्बिन्धित निकायको प्रतिनिधिहरुको सहभागितामा प्रभावकारी अनुगमन गर्न आवश्यक व्यवस्थाको लागि श्रम तथा रोजगार मन्त्रालयमालाई आग्रह गर्ने भएको छ । त्यस्तै वैदेशिक रोजगारीबाट नेपाल फर्कने नेपाली कामदारहरुलाई अध्यागमनको सरल प्रकृया अपनाउने सम्वन्धमा आवश्यक व्यवस्था मिलाउन गृह मन्त्रालयमा जानकारी गराउने बैठकमा छलफल भएको छ ।

प्रकाशित: २१ वैशाख २०७१ २१:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App