८ माघ २०८२ बिहीबार
image/svg+xml
प्रवास

माओवादी आक्रमणमा ८ को मृत्यु

दुमका (भारत)— झारखण्डको दुमका जिल्लामा माओवादी बिस्फोटमा मर्नेको संख्या ८ पुगेको छ। मर्नेहरुमा २ निर्वाचन अधिकारी, ५ प्रहरी र एक जना क्लिनर छन्।प्रहरीका अनुसार माओवादी आक्रमणमा सहायक इन्स्पेक्टर आरएन सिंह, प्रहरी जवानहरु रवीन्द्र कुजूर, प्रकाश उराव, रघुनन्दन झा, विजय शर्माको मृत्यु भएको छ। माओवादी प्रभावित यो क्षेत्र झारखन्डको राजधानी राँचदेखि करिब साढे चास सय किलोमिटर एवं दुमका जिल्ला सदरमुकामदेखि ४० किलोमिटर दूरीमा छ।

मतदानपछि सरकारी कर्मचारी लिएर फर्किंदै गरेको बसलाई माओवादीले निसाना बनाएका हुन्। अमसा गाउँ नजिकै पुगेपछि माओवादीले बारुदी सुरुङ विस्फोट गराए बसलाईलाई उडाइदिएका थिए। विस्फोटपछि माओवादीले निकै समयसम्म गोली चलाएका थिए।

घटना साँझ ५ बजे भएको थियो। तर जंगल क्षेत्र भएका कारण माओवादीले घेरामा रहेका प्रहरी तथा मतदान कर्मचारीलाई उद्दार पुर्याकउन अप्ठ्यारो भएको थियो। थप बारुदी सुरुङ विस्फोटको त्रासले उद्दार प्रहरी टोली तत्काल घटनास्थल पुग्न सकेन।

दुमकामा गत साल माओवादीले प्रहरी एसपी अमरजीत बलिहार सहित ५ सुरक्षाकर्मीको हत्या गरेका थिए।

प्रकाशित: १२ वैशाख २०७१ ००:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App