९ माघ २०८२ शुक्रबार
image/svg+xml
प्रवास

स्टकहोममा शुभकामना आदान–प्रदान

स्टकहोम (स्वीडेन)—  गैरअावासीय नेपाली संघ स्वीडेनले राजधानी स्टकहोममा नयाँ वर्ष २०७१ को अवसरमा आइतबार बेलुका शुभकामना आदान-प्रदान, साँस्कृतिक कार्यक्रम तथा रात्रिभोजको आयोजना गरेको छ। कार्यक्रममा एनआरएनका उपाध्यक्ष बृजेश मैनाली, महासचिब चिरन्जिबी खरेल र सस्थापक अध्यक्ष नवीन थपलियाले एनआरएन स्वीडेनको तर्फबाट शुभकामना आदान प्रदान गरेका थिए।

कार्यक्रम बारे जानकारी दिदै गैर अावासीय नेपाली संघ स्वीडेनका सचिब अनिल घिमिरेले कार्यक्रममा नेपाल फ्रेण्डसिप एसोसिएशनका अध्यक्ष डाक्टर कटक मल्ल, हेल्प नेपाल नेटवर्क स्वीडेनका अध्यक्ष प्रणय आचार्यले पनि शुभकामना दिएका थिए।

कार्यक्रममा नेपाली लगायत केही बिदेशी पाहुनाहरुको पनि उपस्थिति थियो।करिब ८० जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा स्वीडेनमै बस्दै आएका अनिल घिमेरे, सुनिल पुरी, सम्झना रुपाखेती, बिन्दा खरेल, उषा गौतम, लक्ष्मी भट्टराई लगायत बाल प्रतिभा उत्कृस्ट गायन, नृत्य तथा अभिनय प्रस्तुत गरेका थिए।

प्रकाशित: २ वैशाख २०७१ ०८:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App