डोनेस्क र लुहान्स्कका सरकारी कार्यालय अझै रुस समर्थक सशस्त्र पृथकतावादीको नियन्त्रणमा छन्। खार्किभमा भने मंगलबार राति कारबाही गरी युक्रेनी सुरक्षाकर्मीले सरकारी कार्यालयबाट पृथकतावादी हटाएर आफ्नो नियन्त्रणमा लिएका छन्।
रुसका विदेशमन्त्री सर्गेइ लाभ्रोवले भने अमेरिकी विदेशमन्त्री केरिको आरोप अस्विकार गरेका छन्। उनले रुसी भाषी भूभागका बासिन्दाको हितमा ध्यान दिएमात्र युक्रेनको राजनीतिक संकट समाधान हुने खुलासा गरे।
युक्रेनको संकट समाधानका लागि अर्को साता अमेरिका, रुस, युरोपेली संघ र युक्रेनबीच मन्त्रीस्तरीय छलफल हुँदैछ। ठाउँको खुलासा नगरिए पनि छलफलमा केरि, लाभ्रोव, युरोपेली संघको विदेश नीति प्रमुख क्याथरिन एस्टन र युक्रेनी विदेशमन्त्री एन्ड्री सहभागी हुनेछन्।
युक्रेनको राजधानी किभमा गृहमन्त्री आर्सेन अभाकोले पूर्वी युक्रेनको अस्थिरतामा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका अपदस्थ राष्ट्रपति भिक्टर यानुकोभिच समूहको षडयन्त्र रहेको आरोप लगाए।
एक जना सरकारी अधिकारीले खार्किभमा पृथकतावादीद्वारा सुरक्षाकर्मीमाथि गोली र ग्रेनेड प्रहार गरिँदा एक जना सुरक्षाकर्मी गम्भीर घाइते भएका र अन्य केहीसमेत घाइते भएका जानकारी दिए।
प्रकाशित: २६ चैत्र २०७० २१:०५ बुधबार





