१८ माघ २०८२ आइतबार
image/svg+xml
प्रवास

भाजपाको प्राथमिकता सुशासन र विकास

नयाँ दिल्ली, (एजेन्सी)– भारतीय जनता पार्टीले आफ्नो पार्टीको प्राथमिकता सुशासन र विकास रहेको जनाएको छ।पार्टीले सोमबार मात्र सार्वजनिक गरेको घोषणा पत्रमा ती दुई मुद्दामा सबैभन्दा बढी प्राथमिकता रहेको बताएको हो। अन्य दलहरूको भन्दा ढिलैगरी आज निर्वाचनको सुरुवातका दिन चुनावी घोषणा पत्र सार्वजनिक गर्दै आगामी सरकारको नेतृत्वका रूपमा अघि सारिएका नरेन्द्र मोदीले सो जानकारी दिनुभयो। 

उक्त पार्टीको केन्द्रीय कार्यालय नयाँ दिल्लीमा सोमबार घोषणा पत्र सार्वजनिक गर्दै उहाँले आगामी दिनमा आफुहरूले भारतमा सुशासन र विकासका लागि कार्यक्रमहरू लक्षित गर्ने जानकारी दिनुभयो। 

सो नेता मोदीले पार्टी कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा भन्नुभयो– यस निर्वाचनमा हामी आगामी दिनमा भारतमा सुशासन र विकासको मुख्य एजेन्डका साथ नै हामी लडिरहेका छौं।

उक्त घोषणा पत्र ५२ पृष्ठको रहेको छ र त्यसमा देशमा प्रत्यक्ष बैदेशिक लगानीलाई स्वागत गरिएको छ। 

देशमा बढी भन्दा बढी रोजगारीका अवसरहरू सिर्जना गर्नका लागि बैदेशिक लगानीलाई उक्त पार्टीले स्वागत गरेको छ। 

सो घोषणा पत्रमा वर्तमान कर प्रणालीमा पुनरावलोकन गरिने, श्रम नीतिमा सुधार गरिने तथा भारतको पूर्वाधार विकासका क्षेत्रमा बढी प्राथमिकता दिइने विषय पनि उल्लेख गरिएको छ।

भारतमा दु्रत गतिको रेल सेवाको विकास गरिने विषयमा पनि सो घोषणापत्रमा उल्लेख गरिएको समाचारहरूमा जनाइएको छ।

साथै सो घोषणा पत्रमा हिन्दू धर्मको मात्र वकालत र प्रचार गर्ने सो पार्टीले यससम्बन्धी विवादास्पद विषय पनि व्यवस्था गरिएको बताइएको छ।

प्रकाशित: २४ चैत्र २०७० २१:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App