विगत १२ वर्षदेखि ब्यापार गर्दै आएका खवास मलेसियामा रहेर नेपालीलाई यो समितिमार्फत् एकजुट भइ सहकार्य गर्ने बताए।
फोरम लोकतान्त्रिकको राजनीतिक समितिका सदस्य एवं थरुहट तराई लोकतान्त्रिक परिषद्को अध्यक्ष लक्ष्मण थारु र पार्टीको केन्द्रीय सदस्य देबीप्रसाद चौधरीको उपस्थितिमा क्वाललमपुरमा समिति गठन भएको छ। एउटा क्षेत्रीय र जातीय राजनीतिक पार्टीको रुपमा रहेको दललाई देश बाहिर पनि संगठन विस्तरका लागि मलेसिया सम्पर्क समिति गठन गरिएको र आगमी दिनमा यहाँ रहेका नेपालीलाई राजनीतिक रुपमा एकत्रित हुनलाई समितिले सेतुको काम गर्ने लक्ष्मण थारुले बताए।
त्यस्तै ११ सचिवालय सदस्यहरु गोबिन्द चन्द, निर्मल अधिकारी, कमल चौधरी, बिरेन्द्र यादव, सिकेन्द्र चौधरी, श्याम चौधरी, लक्ष्मण चौधरी, शिव कुमार यादव, जित बहादुर यादव, अनिल सक्सेना छन्।
खवासले वैदेशिक रोजगारको लागि मलेसियामा रहेको नेपालीहरु पनि देशको राजनीतिबाट अछुतो नभएको बताए। उनले जहाँ भए पनि देशमा शान्ति, समृद्धि र विकास हेर्न चाहेको बताए। 'हामीले पठाएको रेमिट्यान्सको सही सदुपयोग हुनुपर्छ,' उनले भने, 'पार्टीको संगठन विस्तारका लागी हामी यहीँबाट प्रयत्नकशिल रहन्छौं।'
प्रकाशित: ६ चैत्र २०७० ००:४९ बिहीबार





