१६ माघ २०८२ शुक्रबार
image/svg+xml
प्रवास

१०५ नेपालीले गरे रक्तदान

दोहा– नेपाली दूतावास कतारको परिसरमा १०५ नेपालीले रक्तदान गरेका छन्। नेपाली दूतावास तथा एनआरएनए कतारको संयुक्त पहल र यहाँको सरकारी अस्पताल हमाद मेडिकलको ब्लड डोनर युनिटको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो।
सो अवसरमा दूतावासको पहलमा कतारको आन्तरिक मन्त्रालय, हमाद मेडिकल कर्पोरेसन तथा कतारमा श्रमरत नेपाली चिकित्सकहरूको सहयोगमा ट्राफिक सचेतना, स्वास्थ्य सल्लाह तथा कतारको नियम कानूनसम्बन्धी सचेतनामूलक कार्यक्रम पनि भएको थियो। रक्तदानमा कतारमा स्थापित एनआरएनएलगायत २१ संस्थाले सहयोग गरेका थिए।

प्रकाशित: २५ फाल्गुन २०७० ०१:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App