९ माघ २०८२ शुक्रबार
image/svg+xml
प्रवास

यस्ता छन् भारतका बदनाम बजार

वासिङटन– अमेरिकाले भारतका राजधानी नयाँ दिल्लीस्थित गफ्फार मार्केट र नेहरू प्लेस मार्केटसहित ६ बजारलाई 'बदनाम बजार'को सूचीमा सामेल गरेको छ। यी बजारमा नक्कली सामग्री र सफ्टवेयरको खुलेआम बिक्री हुने अमेरिकाद्वारा जारी ‘बदनाम बजार' सूचीमा उल्लेख छ।
अमेरिकाले पछिल्लो तीन वर्षदेखि यस्ता सूची जारी गर्ने गरेको छ। यो सूचीमा सबभन्दा बढी चीनका बजार परेका छन्। यसअघि भारतको नेहरु प्लेस बजार मात्र यो सूचीमा पर्ने गरेको थियो।
अमेरिकी व्यापार प्रतिनिधि कार्यालयद्वारा जारी यो सूचीमा परेका बजारमाथि सम्बन्धित राष्ट्रले कारबाही गरोस् भन्ने उसको अपेक्षा हुने गरेको छ। मुम्बईको मनिष मार्केट र लेमिङटन रोडका साथै हैदराबादको सेनोए ट्रेड सेन्टर र हङकङ बजार पनि परेका छन्। ...यी बजारका पसलहरू प्रहरी छापा मार्दा गैरकानुनी सामग्री लुकाउन सफल हुन्छन् र प्रहरी जानेबित्तिकै ती सामान बजारमा छ्यापछ्याप्ती पार्छन्,' प्रतिवेदनमा भनिएको छ।
प्रतिवेदनका अनुसार यी बजारमा पाइरेटेड वा नक्कली सफ्टवेयर, फिल्म र संगीतका सिडी, कार्यालय सामग्री आदिको खुलेआम बिक्री हुने गरेको छ। अमेरिकी वाणिज्य मन्त्रालयका अनुसार अमेरिकी निर्माण उद्योगले प्रत्येक वर्ष ७ सय ७७ अर्ब डलरको सामान निर्यात गर्ने गरेको छ। चार करोडभन्दा बढीको जागिर यसमा निर्भर छ। तर विश्वका बजारहरूमा ती सामानका नक्कली उत्पादन छ्याप्छ्याप्ती हुँदा उनीहरूको रोजगारी संकटमा परेको छ।
पाकिस्तानको लाहोर र कराँची सहरका बजारहरू भने यो सूचीबाट हटेका छन्। यी बजारमा हुने नक्कली पुस्तकहरूको बिक्रीविरुद्ध स्थानीय प्रशासनले कारबाही चलाएको रिपोर्टको दाबी छ।
यो सूचीमा नक्कली सामानको खरीद बिक्री गर्ने वेबसाइटहरू पनि परेका छन्। भारत, चीनसँगै यो सूचीमा इन्डोनेसिया, थाइल्यान्ड, युक्रेन, मेक्सिको, कोलम्बिया, इक्वेडर र पराग्वेको नाम पनि सामेल छ।

प्रकाशित: १ फाल्गुन २०७० ०८:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App