१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

गगनको संकल्प: बदल्यौँ कांग्रेस, बदल्छौँ देश

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश बदल्ने संकल्प गरेका छन् ।  

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा शुक्रबार कार्यभार सम्हाल्दै नवनियुक्त सभापति थापाले देश र पार्टी एकसाथ बदल्ने संकल्प पत्रमा हस्ताक्षर गरेका हुन् । सभापति थापाको प्रतिबद्धता पत्रमा भनिएको छ, 'बदल्यौं कांग्रेस, बदल्छौं देश ।'

थापाले देश बदल्ने प्रतिबद्धताका बीच नयाँ यात्रा सुरु गरेको उल्लेख गरे । उनले भनेका छन्, 'यही संकल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दैछौं हामी । हाम्रो केवल एक ध्येय छ देशको समुन्नति ।'  

सर्लाही ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका सभापति थापालाई शुक्रबारको कांग्रेस बैठकले आगामी प्रधामनमन्त्रीको उम्मेदवार घोषणा पनि गरेको छ । 

May be a doodle of ‎text that says '‎नेपाली कांग्रेस केन्द्रीय कार्यालय बी.पी. स्मृति बलितपुर, नेपाल नेपाल #raitera बदल्यौ कांग्रेस बदल्छी देश यही संकल्पका साथ नयाँ यात्रा प्रारम्भ गदेलो हामी। हाम्रो केवल एक घ्येय ਬਹ- देशको समुन्नति। 1,، गगनकमार थापा सभापती ط माघ०द२ माघ ०5२ (नाव निर्वाचित सभापति श्री गागनकुमार थापाले केन्द्रीय कार्यालयमा पद बहाल गरेपछि माडन्युटमा लेखनुभएको प्रतिबद्दता) टैनिफोन: (909-9) 보드시토 マめて 복드쿠구독, कृयाक्स (၉၀/၅-၇) 북모드클구도들 E-mail: :info@nepalicongress.org, Website :www.nepalicongress.org‎'‎

प्रकाशित: ९ माघ २०८२ १६:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App