२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

एन्फा लिगः श्री भगवतीको पहिलो जित, सातदोबाटोले मनाङ मर्स्याङ्दीलाई हरायो

एन्फा राष्ट्रिय लिग अन्तर्गत आज भएको खेलमा श्री भगवती क्लब र सातदोबाटो यूथ क्लब विजयी भएका छन्।  

शुक्रबार दिनको पहिलो खेलमा श्री भगवतीले नव जनजागृति क्लबलाई ५-१ ले पराजित गर्दै जारी लिगमा पहिलो जित दर्ता गरेको छ ।  

एन्फा कप्लेक्समा भएको उक्त खेलमा श्री भगवतीको जितमा शिशिर लेखीले दुई गोल गरे । अजयी मार्टिन, सुवास बम र सेमन्त थापाको नाममा समान एकएक गोल रह्यो । जागृतिको लागि विक्रम थोकरले सान्त्वना गोल फर्काए ।  

यस्तै, दिनको दोस्रो खेलमा दशरथ रगंशालमा प्रतिस्पर्धा गरेको सातदोबाटो यूथ क्लबले मनाङ मर्स्याङ्दीलाई १-० ले स्तब्ध बनायो।  

सातदोबाटोका लागि फोडे फोफेनाले एक गोल प्रहार गरे। उनले गरेको गोल नै सातदोबाटको जितको लागि पर्याप्त भयो।  

आजै हुने तेस्रो खेल साँझ ६ः३० बजे लालीगुराँस एसोसिएसन र नेपाल पुलिस क्लबबीच भिडन्त हुनेछ। खेल दशरथ रंगशालामा हुनेछ । 

प्रकाशित: ९ माघ २०८२ १६:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App