सिरियालाई हतियार हस्तान्तरण गर्न दिइएको फेब्रुअरी ५ को सीमा कटेपछि उसले हतियार नष्ट नै गर्नसक्ने मुनले धारणा राखे।
'आणविक हतियार हस्तान्तरणको काम ढिलै भए पनि अगाडि बढिरहेको छ,’ वानले रसियाको सोची शहरमा इन्टरनेसनल ओलम्पिक कमिटीको बैठक पछि पत्रकारहरूसँग भने। उनले आफूहरूको तोकेको समयावधि थोरै भए पनि सिरियन सरकारको पूर्ण सहयोगले यो काम पूरा हुने बताए। भोलिदेखि सोचीमा हुने 'विन्टर ओलम्पिक’उदघाटनका लागि उनी यहाँ आएका छन्।
सिरियामा सरकारले विद्रोह दवाउन आणविक हतियार प्रयोग गरेको आरोप लागेपछि राष्ट्रसंघले कडा चेतावनी दिएको थियो।
प्रकाशित: २३ माघ २०७० ०३:४३ बिहीबार




